भारतमा पबजी मोबाइल गेम प्रतिबन्धको असर, कम्पनीले बजारबाट गुमायो ३४ अर्ब डलर

  • Technology Khabar | २० भाद्र २०७७, शनिबार
भारतमा पबजी मोबाइल गेम प्रतिबन्धको असर, कम्पनीले बजारबाट गुमायो ३४ अर्ब डलर

काठमाडौं ।

भारतले हालै चिनियाँ कम्पनी टेनसेन्टअन्तरगतको पबजी मोबाइल एपलाई प्रतिबन्ध लगाएको छ। चिनियाँ एपहरुलाई प्रतिबन्ध लगाएसँगै पबजीसमेत प्रतिबन्धित भएको हो । जसले गर्दा कम्पनीको मूल्य घटेको छ ।

पबजी प्रतिबन्ध भएसँगै टेनसेन्टको बजार मूल्यमा कमी आएको हो । जसमा कम्पनीले एकैपटक बजारबाट ३४ अर्ब डलर गुमाएको छ ।

भारतले प्रतिबन्ध लगाएपछि यसको बजार मूल्यमा आगामी दिनमा थप कमी हुने अनुमान गरिएको छ ।

टेनसेन्टको ग्लोबल आम्दानीमा पबजी मोबाइलको हिस्सा अधिक रहेको छ ।

भारत पबजीको लागि सबैभन्दा ठूलो बजार मध्ये एक हो । भारतमा पबजी मोबाइलका मात्रै करिब ३ करोड सक्रिय प्रयोगकर्ता थिए । यसबाहेक विश्वभर हुने डाउनलोडमध्ये सबैभन्दा धेरै भारतमा नै हुने गरेको थियो । भारतमा यो गेमको इन्स्टलेसन बेस २० करोड भन्दा अधिक थियो ।

पबजीका साथै टेनसेन्टको एरेना अफ भालोर, लूडो वर्ल्ड र चेस रन जस्ता गेमहरु समेत भारतले प्रतिबन्ध लगाएको छ । एजेन्सीका साथ

प्रकाशित: २० भाद्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार