फुडमाण्डुले भन्यो- अहिलेको बहस अनावश्यक, आफु ‘कन्ट्याक्टलेस कमर्श’को समर्थनमा

  • Technology Khabar | १७ भाद्र २०७७, बुधबार
फुडमाण्डुले भन्यो- अहिलेको बहस अनावश्यक, आफु ‘कन्ट्याक्टलेस कमर्श’को समर्थनमा

काठमाडौं ।

अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफूहरु अहिलेको विवादभन्दा बाहिर रहेर सबै कन्ट्याक्टलेस व्यवसायको रुपमा अगाडि बढ्ने र त्यसैलाई समर्थन गर्ने बताएको छ।

पछिल्लो दिनमा अत्यावश्यक वस्तुहरुको मात्र डेलिभरी सेवा दिने विषयमा छलफल चलिरहेको समयमा लामो समयदेखि खानेकुराहरु अनलाइनमार्फत होम डेलिभरी गर्दै आएको कम्पनी फुडमाण्डुले सो विवादभन्दा माथि उठ्न आग्रह गरेको छ ।

कम्पनीले हालै अत्यावश्यक वस्तु र गैर अत्यावश्यक वस्तुको विवादले अर्थतन्त्रलाई नै पछाडि धकेल्ने भन्दै कन्ट्याक्टलेस कमर्शको अवधारणा अगाडि सारेको हो ।

‘हरेक व्यवसाय जसले सामाजिक दूरी कायम गरि कार्य गर्न सक्दछ त्यस्ता सबैलाई संचालनको अनुमति दिनुपर्दछ भन्ने हामी विश्वास गर्दछौं, किनकी यसले अहिलेकोअवस्थामा हामीलाई आर्थिक चक्रमा सहयोग गर्दछ,’ कम्पनीले भनेको छ ।

यसका साथै कम्पनीले कसरी कोभिड १९ भाइरसको संक्रमण हुनसक्दछ भन्ने विषयमा सबैले ध्यान दिएर त्यसलाई कुनै हालतमा र मूल्यमा कम गर्दै आफ्ना कर्मचारीहरु, ग्राहकहरु र पुरै समुदायलाई समेत सुरक्षित राख्नुको विकल्प नभएको बताएको छ ।

फुडमाण्डुले आफूहरु ईकमर्शको लागि मात्र समेत नभएको भन्दै सबै कन्ट्याक्टलेस कमर्शको अन्तरगत उभिने बताएको छ ।

प्रकाशित: १७ भाद्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...