
काठमाडौं ।
मोबाइल एप्लिकेशन ‘हाम्रो पात्रो’ ले सोह्र श्राद्धमा पितृहरुको सम्झनामा ‘सीदा दान’ गर्न सकिने सुविधा ल्याएको छ । कोभिड-१९ को संक्रमण फैलनसक्ने जोखिम र जारी निषेधाज्ञाको समयमा पुण्यकर्म सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।
कोरोनाको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा पण्डित र गुरुहरु घरघरमा गएर श्राद्ध तथा सीदा दानको प्रक्रिया सम्पन्न गर्न असहज भएको छ । यस किसिमको संकटपूर्ण घडीमा पितृहरुलाई सम्झिदै कर्मकाण्ड सम्पन्न गर्न सकिने विकल्पको रुपमा ‘हाम्रो पात्रो’ले इन्टरनेटको प्रयोग गरी एपबाटै सीदा दान गर्ने विधि सार्वजनिक गरेको हो ।
यो सेवाअन्तर्गत हाम्रो पात्रोद्वारा प्रमाणित अनुभवी वैदिक गुरुहरुले घरमै बसी भिडियो कलमार्फत् सीदा दानको प्रक्रिया सम्पन्न गर्न सघाउनेछन् । हाम्रो अनलाइन ज्योतिष सेवाअन्तर्गत प्रविधिको प्रयोग गरी पितृ समर्पणको यो विशेष कार्य सम्पन्न गर्नसकिनेछ ।
यो सेवाअन्तर्गत हाम्रो पात्रोद्वारा प्रमाणित अनुभवी वैदिक गुरुहरुले घरमै बसी भिडियो कलमार्फत् सीदा दानको प्रक्रिया सम्पन्न गर्न सघाउनेछन् । हाम्रो अनलाइन ज्योतिष सेवाअन्तर्गत प्रविधिको प्रयोग गरी पितृ समर्पणको यो विशेष कार्य सम्पन्न गर्नसकिनेछ ।
अहिलेको विषम परिस्थितिमा पितृ स्मरणका लागि विशेष १६ श्राद्धको प्रक्रियाबाट वञ्चित हुनुभन्दा सीदा दान गरी पितृहरुलाई तृप्त गराउनु उपयुक्त हुने ज्योतिष गुरु नारायणप्रसाद दुलाल बताए ।
“यसो गर्दा कम्तिमा पनि पितृहरुको दोष लाग्ने छैन र पुण्य प्राप्त गर्न सकिनेछ” उनले भने, “तर यो श्राद्ध, पिण्ड दान र तर्पण भने होइन ।
सबैका लागि वैदिक गुरुहरु भौतिक रुपमा नै बोलाएर श्राद्ध तथा सीदा दान गर्न सम्भव नभएको अवस्थामा यो सुविधा उपयुक्त हुनसक्छ । यस अघिका समयहरुमा पनि समय नहुने अथवा देशदेखि पर भएकाहरुले मठ मन्दिरमा गएर अथवा नजिकैको गुरु पण्डितहरु भएको स्थानमा गएर पितृहरुको भोजन भाग स्वरुप पँहेलो दाल, चामल, घ्यू, तेल, तरकारी लगायतका अन्य चोखो सामाग्रीहरु भाग लगाएर पितृलाई सम्झेर दान दिने गरिन्छ ।
गुरु दुलालका अनुसार नेपाली समयानुसार बिहान ५ बजेदेखि मध्यान्न १ बजेसम्म तथा विदेशमा रहेका धर्मप्रेमीहरुका लागि नेपाली समयानुसार राति ७ देखि १० बजेसम्म यो सेवा उपलब्ध हुनेछ ।

कति छ त शुल्क ?
खर्च नियमित पूजापाठ अथवा अन्य महत्वपूर्ण कर्मकाण्डमा लाग्ने खर्च भन्दा अत्यन्तै न्यून छ । हाम्रो पात्रोको यस सीदा दानको सेवा लिए बापत नेपाल भित्रको प्रयोगकर्ताको लागि रु५०० (पाँच सय) मात्र राखिएको छ भने अष्ट्रेलिया बस्ने नेपालीले अस्ट्रेलियाबाट यो सेवा उपभोग गरेको खण्डमा अष्ट्रेलियाको १५ डलर तथा अमेरीकाका नेपालीहरुले अमेरिकी डलर ९.९९ मात्र खर्चिए पुग्छ ।
‘हाम्रो पात्रो’ प्रयोग गरी गुरुहरुमार्फत कसरी गर्ने सीदा दान ?
(वेबसाइटमा भने माथि सिरानीमा सीदा दान राखिएको छ साथै एपको बायाँतर्फ माथि सिरानीमा रहेको तीनधर्के लाइन (Menu) भित्र हाम्रो ज्योतिषको ठिक तल अनलाइन गुरु लाई क्लिक गरेर पनि सीदा दानको सुविधासँग जुट्न सक्नुहुनेछ ।)
वेबसाइटमा बुधबारदेखि उपलब्ध हुने ‘हाम्रो पात्रो’ को यो सेवा एपमा रिलिज हुन भने केही दिन लाग्नेछ । यो सेवा सोह्र श्राद्ध अवधिभर प्रयोग गर्न सकिने जनाएको छ ।
प्रकाशित: १७ भाद्र २०७७, बुधबार