सामसङले चीनमा रहेको आफ्नो एलसीडी प्लाण्ट टिसिएललाई बेच्यो

  • Technology Khabar | १६ भाद्र २०७७, मंगलवार
सामसङले चीनमा रहेको आफ्नो एलसीडी प्लाण्ट टिसिएललाई बेच्यो

काठमाडौं ।

सामसङ डिस्प्लेले चीनको शुजोउमा रहेको आफ्नो एलसीडी प्लाण्ट बिक्री गरेको छ।

यसलाई टिसिएल अन्तर्गत रहेको स्थानीय सीएसओटी नाम गरेको कम्पनीले किनेको हो। यो कम्पनीले अल्काटेल नामको मोबाइल पनि उत्पादन गर्ने गर्छ।

१.८ बिलियन डलरमा कारोबार भएको यो प्लाण्टको ६० प्रतिशत स्वामित्व सीएसओटीले, १० प्रतिशत टिसिएलले लिनेछन् भने बाँकी ३० प्रतिशत शुजोउ सरकारको स्वामित्वमा जानेछ। यो प्लाण्टले सामसङ डिस्प्लेको समग्र एलसीडीमध्ये २७ प्रतिशत उत्पादन गरेको थियो। तीमध्ये अधिकांश कम्प्युटरको मोनिटर र टेलिभिजनहरु थिए।

केही समयअघि सामसङले एलसीडी कारोबार बन्द गर्ने घोषणा गरेको थियो। यो प्लाण्ट बिक्री गर्नुले त्यही तथ्यलाई प्रमाणित गरेको छ। अब सामसङले क्वाण्टम डट स्क्रीनहरुमा केन्द्रित हुने बुझिएको छ।

द कोरिया हेराल्डको एक रिपोर्टअनुसार यो प्लाण्टमा ८.५ जेनेरेशनको तीनवटा तथा ११ जेनेरेशनको एउटा प्रडक्शन लाइन छ भने ११ जेनेरेशन लाइन आउँदो वर्षको शुरुवातदेखि उत्पादनमा जाने बुझिएको छ।

रिपोर्टमा सामसङ डिस्प्ले कम्पनीले ७२३ मिलियन डलर टिसिएलसँग सम्बन्धित कम्पनहरुको १२.३३ प्रतिशत शेयरका लागि पुनः लगानी गरेको छ। एजेन्सीका साथ

प्रकाशित: १६ भाद्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Proton opens its 11th showroom in Birgunj; launches the all-new Proton e.MAS 5

  • Technology Khabar
  • १६ भाद्र २०७७, मंगलवार