
काठमाडौं ।
ईकमर्श कम्पनी अमेजन अब वेयरेबल डिभाइसको बजारमा प्रवेश गरेको छ।
सदस्यता सेवा र स्मार्टफोन अनुप्रयोगको साथ बिहीबार कम्पनीले स्वास्थ्य सेवा र फिटनेस ट्र्याकिङ्गको लागि एक रिस्टब्याण्ड पेश गर्यो जसलाई ‘हेलो’ भनिन्छ।
यो बजारमा हाल एप्पल वाच र फिटबिटका उपकरणहरू छन् । फिटबिट अल्फाबेटको गूगलद्वारा अधिग्रहणका लागि नियामक स्वीकृतिको पर्खाइमा छ।
अमेजनको हेलो प्रोडक्टले यी पुरानो फिटनेस ट्र्याकिङ्ग उपकरणहरूमा नभएको सुविधाहरू ल्याएको छ जुन कहिले मेनस्ट्रिमको पहिरनयोग्य उपकरणमा कहिल्यै देखिएको छैन ।
यसमा प्रयोगकर्ताहरुको स्वर सुनेर प्रयोगकर्ताको भावनात्मक अवस्था ट्र्याक गर्दछ र अर्को काम भनेको प्रयोगकर्ताको ‘बडि फ्याट ‘रेसियोको आधारमा उनीहरुको शरिरको ‘थ्री डाइमेन्सनल रेण्डरिङ्ग’ तयार पार्दछ ।
यो अमेजनको हार्डवेयर व्यवसायको लागि नयाँ प्रस्थान हो, जसले पहिले ईको स्मार्ट स्पिकरहरू र फायर टिभी स्ट्रिमिङ्ग भिडियो यन्त्रहरू जस्ता इन होम डिभाइसहरुमा केन्द्रित थिए।
अमेजनले गत वर्ष यसको वार्षिक हार्डवेयर इभेन्ट केही पहिरिनयोग्य यन्त्रहरू देखाएकोे थियो ।
यो एप्पल वाच भन्दा निकै फरक छ भने फिटबिटका ब्याण्डहरु जस्तै देखिन्छ । अमेजनको यो नयाँ डिभाइस एलईडी लाइट र दुई माइक्रोफोनसहित स्क्रिन बिना नै साधारण डिजाइनमा आएको छ ।
यसले प्रयोगकर्ताको चाल, हर्ट रेट, निद्राका चरणहरू र सुतिरहेको बेलामा छालाको तापक्रम तथा ट्र्याक गर्दछ। यसमा राखिएको ब्याट्रीले सात दिनसम्म डिभाइस चलाउन सक्दछ ।
यो डिभाइस किन्नका लागि ग्राहकले ६४.९९ अमेरिकी डलर तिर्नुपर्नेछ भने किनेको ६ महिनापछि मासिक ३.९९ अमेरिकी डलर सेवा शुल्क भुक्तान गर्नुपर्नेछ । एजेन्सीका साथ
प्रकाशित: १२ भाद्र २०७७, शुक्रबार