
काठमाडौं ।
सोनीले अब प्रयोगकर्ताहरुलाई आफ्नो सोनी डिजिटल क्यामरा वेबक्यामको रूपमा प्रयोग गर्न सक्ने सुबिधा दिएको छ।
पछिल्लो दिनमा घरबाटै काम गर्ने चलन बढेकोले भिडियो कन्फरेन्सिङ्गको लागि उत्तम गुणस्तरको वेबक्यामको माग पनि बढेको छ।
पानासोनिक र ओलम्पसले पहिले नै सफ्टवेयर लन्च गरिसकेका छन् जसमा तपाईँ तिनीहरूको मिरररहितको क्यामरा वेबक्यामको रूपमा प्रयोग गर्न सक्नुहुनेछ।
अब सोनीको नाम पनि यस सूचीमा समावेश गरिएको छ। कम्पनीले एक नयाँ डेस्कटप एप(अनुप्रयोग) जारी गरेको छ, जसले प्रयोगकर्ताहरूलाई सजिलैसँग उनीहरूको सोनी डिजिटल क्यामरालाई उच्च गुणस्तरको वेबक्यामको रुपमा रूपान्तरण गर्न अनुमति दिन्छ। यसको लागि तपाईँले क्यामेरालाई यूएसबीमार्फत पीसीमा जडान गर्नुपर्नेछ।
यस डेस्कटप अनुप्रयोगको नाम ‘इमेजिंग एज वेबक्याम’ हो। यो नयाँ सफ्टवेयर सोनीको भर्खरको डिएसएलआर र मिरररहित मोडेलहरूका क्यामराहरुका साथ उपयुक्त हुन्छ। यो अनुप्रयोगले हाल विन्डोज १० पीसी वा ल्यापटपमा मात्र काम गर्दछ।
यसको अर्थ यदि तपाईंसँग म्याक मेशिन छ भने तपाईं नयाँ सफ्टवेयर प्रयोग गर्न सक्षम हुनुहुने छैन।
सोनीले जानकारी दिएअनुसार नयाँ इमेजिंग एज वेबक्याम अनुप्रयोग सोनी क्यामेराका ३५ वटा मोडेलसँग प्रयोग गर्न सकिन्छ।
यो अनुप्रयोग प्रयोग गर्नका लागि तपाईँले पहिले आफ्नो विन्डोज १० पीसी वा ल्यापटपमा एप डाउनलोड र इन्स्टल गर्नुपर्नेछ। एक पटक इन्स्टल भएपछि आफ्नो आवश्यकता अनुसार क्यामरा सेटिंग्सलाई समायोजित गर्नुहोस् र यूएसबी मार्फत यसलाई कम्युटरमा जडान गर्नुहोस्।
यस पछि जूम वा कुनै पनि मिल्दो भिडियो कन्फरेन्स अनुप्रयोग लन्च गर्नुहोस्। त्यहाँ प्रयोगकर्ताहरूलाई सोनी क्यामरा वेबक्याम विकल्पको रूपमा देखिने छ। यसपछि तपाईं भिडियो कन्फरेन्सिङ्गको समयमा उच्च भिडियो गुणस्तर प्राप्त गर्न सक्षम हुनुहुनेछ।
सोनीको यो एप प्रयोग गरेर वेबक्याम बनाउन सकिने क्यामरा मोडेलहरु यी हुन् –
प्रकाशित: ८ भाद्र २०७७, सोमबार