नेपाल टेलिकमको भ्वाइस सेवाबाट हुने आम्दानी करिब २ अर्ब १६ करोड रुपैयाँ कमी

  • Technology Khabar | ३० श्रावण २०७७, शुक्रबार
नेपाल टेलिकमको भ्वाइस सेवाबाट हुने आम्दानी करिब २ अर्ब १६ करोड रुपैयाँ कमी
नेपाल टेलिकमको गठ्ठाघर शाखामा राखिएको सेवा बारेको जानकारी । फाइल

काठमाडौं ।

नेपाल टेलिकमको भ्वाइस सेवामा करिब २ अर्ब १६ करोड रुपैयाँले आम्दानी घटेको छ ।

कम्पनीले ४जी सेवाको विस्तारको कारणले आव २०७६/७७ को तेस्रो त्रैमासिक अवधिको मध्येवाट राजश्व वृद्धि उन्मुख रहेकोमा मुलुक भित्र लगायत विश्वव्यापी रुपमा कोभिड १९ को महामारीको प्रत्यक्ष असरले गर्दा अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्य सेवामा आएको उच्च गिरावट, ओटीटीको बढ्दो प्रयोग जस्ता कारणहरुले गर्दा जीएसएम तथा पिएसटिएन भ्वाइस सेवामा आम्दानी घटेको जानकारी दिएको छ ।

सो अवधिमा टेलिकमको भ्वाइस सेवामा करिव रु २ अर्व १६ करोड र अन्तर्राष्ट्रिय सेवामा करिव रु ५४ करोडको कमी भएको जानकारी दिएको छ ।

त्यसैगरि भ्वाइसमा आम्दानी घटेपनि डाटा सेवा तर्फ भने करिव रु ७५ करोड वृद्धि भएको जनाएको छ ।

यी कारणहरुले गर्दा गत आवको चौथो त्रैमासिक अवधिको तुलनामा यस आवको चौथो त्रैमासिक अवधिमा राजश्वमा करिव १५ प्रतिशत (एक अर्ब ९५ करोड) ले गिरावट आएको कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित: ३० श्रावण २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • ३० श्रावण २०७७, शुक्रबार