एलजी नेपालको आधिकारीक वेबसाईट सार्वजनिक, घरायसी उत्पादनहरुको जानकारी पाईने

  • Technology Khabar | २६ श्रावण २०७७, सोमबार
एलजी नेपालको आधिकारीक वेबसाईट सार्वजनिक, घरायसी उत्पादनहरुको जानकारी पाईने

काठमाडौं ।

सीजी इलेक्ट्रोनिक्सले एलजी नेपालको आधिकारीक वेवसाईट डब्लुडब्लुडब्लु डट एलजीनेपाल डट कम (www.lgnepal.com) लन्च गरेको छ ।

सो वेबसाईटमार्फत उपभोक्ताले एलजीको घरायसी उत्पादनहरुको बारेमा जानकारीका साथै तुलना पनि गर्न सक्ने बताएको छ ।

वेबसाईटमा उपभोक्ताहरुले मुल्य, विशेषता, वारेण्टी र कम्पनीले दिने छुटको बारेमा जानकारी पाउन सक्नेछन् । एलजीको कुनै पनि नयाँ उत्पादन आएको र सोको विशेषता यस वेबसाईटबाट प्राप्त गर्न सकिनेछ ।

एलजीको उत्पादनहरुमा आएको समस्या मर्मत र वारेन्टी दाबीका साथै अन्य सेवाहरु यस वेबसाईटबाट दर्ता र प्राप्त गर्न सकिनेछ ।

अब ग्राहकवर्गहरुलाई उत्पादन हेर्न तथा उत्पादनको विशेषता बुझ्न भौतिक पसलमा जान आवश्यक नपर्ने र विना कष्ट सजिलै सम्पूर्ण जानकारीका साथै आफुलाई चाहिने एलजीका उत्पादनहरु बुक पनि गर्न सकिनेछ ।

यस वेबसाईटले एलजीका सबै उत्पादनहरु जस्तै एलईडि टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एसि, एयर प्युरिफायर, भ्याकुम क्लिनर, माइक्रोवेभ वोभन, कन्डेन्सर ड्रायरहरुको बारेमा सम्पूर्ण जानकारी प्रदर्शन गर्दछ।

उपभोक्ताहरुले आफ्नो नजिकैको एलजीको शोरुम पनि यस वेबसाईटमा रहेको स्टोर लोकेटरमार्फत सजिलै पत्ता लगाउन र सम्पर्क गर्न सक्नेछन् ।

अन्य पनि धेरै विशेषताको साथ उपभोक्ताहरुको जिवनशैली सरल बनाउने लक्ष्यका साथ एलजीनेपाल डट कम वेबसाईट कम्पनिले ल्याएको र यसले एलजीका ग्राहक वर्गलाई अझ धेरै सुविधा प्राप्त हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: २६ श्रावण २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २६ श्रावण २०७७, सोमबार