एप्पलले नयाँ आईफोन १२ को ढुवानी केहि समय ढिला हुने सुनिश्चित गर्यो

  • Technology Khabar | १६ श्रावण २०७७, शुक्रबार
एप्पलले नयाँ आईफोन १२ को ढुवानी केहि समय ढिला हुने सुनिश्चित गर्यो

काठमाडौं ।

केही समयदेखि हामी एप्पलको बिगतका वर्षहरुको आईफोन रिलीज टाइमलाइनको तुलनामा आउँदै गरेको आईफोन १२ परिवारको शिपमेंटको ढिलो हुने सुन्दै आएका छौं ।

यो निकै ठूलो विषय पनि होईन तर यसले कसरी प्रभाव पार्दछ भन्ने हेर्नुपर्ने हुन्छ । तर कम्पनीले हालै आफ्नो शिपमेन्टमा ढिलाई हुने स्पष्ट पारेको छ ।

कम्पनीको सन् २०२० को तेस्रो वित्तीय त्रैमासिक (दोस्रो क्यालेण्डर क्वाटर क्वार्टर पनि भनिन्छ) को लागि गरेको अर्निङ्ग कलमा एप्पलले त्यसलाई स्पष्टरुपमा पुष्टि गरेको छ।

कम्पनीका सीएफओ लुका मास्ट्रीले भने, ‘गत वर्ष एप्पलले सेप्टेम्बरको आखिरमा नयाँ आईफोन उत्पादनहरु बेच्न थालेको थियो, २०२० मा कम्पनीले आपूर्ति केही हप्ता पछि उपलब्ध हुने प्रक्षेपण गरेको छ।’

यसले स्पष्ट रूपमा अर्को क्वाटरमा (तेस्रो क्यालेन्डर क्वाटर)को नतिजामा प्रभाव पार्ने अपेक्षा गरिएको छ, किनकि नयाँ मोडेलहरूले यसलाई पूर्ण रूपमा सो अवधि गुमाउने छन्, सेप्टेम्बरको अन्त्य अघि ती बाहिर आउँदैनन्।

विगतका केही अफवाहहरूका अनुसार, नयाँ आईफोनहरू अझै सामान्य रूपमा सेप्टेम्बरमा नै अनावरण गर्न सकिन्छ, तर शिपमेन्ट भने अक्टुबरमा मात्रै हुनेछ।

केहि दिनअघि आफ्नो अर्निङ्ग कलमा क्वालकमले पनि एप्पललाई मोडेमहरू आपूर्तिमा केहि ढिलाई हुने केही संकेत गरेको थियो । एजेन्सीका साथ

प्रकाशित: १६ श्रावण २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार