एसईईको नतिजा आउँदै, यसरी अनलाइन तथा एसएमएसमार्फत हेर्न सकिने

  • Technology Khabar | १६ श्रावण २०७७, शुक्रबार
एसईईको नतिजा आउँदै, यसरी अनलाइन तथा एसएमएसमार्फत हेर्न सकिने

काठमाडौं ।

कोभिड-१९ को महामारीका बिच भएको लकडाउनका कारण एसईई दिन नपाए विद्यार्थीहरु आफ्नो आन्तरिक मूल्यांकनको आधारमा तय भएको नतिजा हेर्न निकै प्रतिक्षारत रहेका छन् ।

ढिलो आउन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डले हालै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

विद्यालयहरुले विद्यार्थीहरुको आन्तरिक मूल्यांकन गरेर सोहि आधारमा एसईईको नतिजा तयार पारेका छन् । सो नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालयले हालै नतिजा सम्बन्धी विवरण सार्वजनिक हुने माध्यमहरुको बारेमा जानकारी दिएको छ ।

बोर्डले सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न वेबसाइटहरु, एसएमएस र आईभी प्रणाली मार्फत सार्वजनिक हुने जानकारी दिएको छ ।

एसईईको नतिजा नेपाल टेलिकम र एनसेलको सिमकार्ड प्रयोग गर्नेले १६०० डायल गरी नतिजा सुन्न वा सिम्बल नम्बर एसएमएस गरेर थाहा पाउन सक्नेछन्।

यस्तै, इजी सर्भिस प्रालिको ३४९४९ मा सिम्बल नम्बर एसएमएस गरि नतिजा थाहा पाउने सकिने छ ।

अनलाइनमार्फत पनि एसईईको नतिजा हेर्न सकिने सुबिधा रहेको छ ।

जसमा भक्तपुर सानोठिमी स्थित राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, एनसेलको वेबसाइट, इडियु सञ्जाल डटकम र कान्तिपुर पब्लीकेशन प्रालिमार्फत पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

प्रकाशित: १६ श्रावण २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार