
काठमाडौं ।
मोबाइल बितरकहरु र आयातकर्ताहरुको संस्थाले साउन १ गतेदेखि नेपाल भित्र अवैध मोबाइल फोन बिक्री वितरण गर्नेलाई कारबाही गर्ने भएको छ।
मोबाइल फोन इम्पोर्टस एशोशिएसन र नेपाल मोबाइल वितरक संघले संयुक्तरूपमा प्रेस विज्ञप्ती जारी गर्दै अनधिकृत र अवैधरुपमा आयात गरिएका मोबाइल फोन बिक्री वितरण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
उनीहरुले यस्तो अवैध मोबाइल फोनको कारोबार गर्ने संघ आबद्ध बिक्रेताहरुलाई सरकारी नियामक निकायलाई कारबाहीका लागि सुसुचित गरिने समेत जानकारी दिएका छन्।
देश भित्र मोबाइलको अनाधिकृत अवैध फोनको कारोबार खुलारूपमा बढ्दै गएकोले दुबै संघको ध्यानाकर्षण भएको बताईएको छ।
संघहरुले संयुक्तरुपमा आफ्ना सदस्य संस्थाहरुलाई यस्ता अवैध मोबाइल फोनको कारोबार नगर्न समेत अनुरोध गरेको छ। उनीहरुले पहिलो पटक भेटिएमा सचेत गराउने र दोस्रो पटकदेखि कारबाही गरिने चेतावनी दिएका हुन् ।
‘कुनै बिक्रेताबाट अनाधिकृत अबैध मोबाइल फोनका खरिद बिक्री गरेको प्रमाण पाईएमा यस्ता फर्मसँग यस मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनका कुनैपनि सदस्यले कारोबार वा व्यापारिक सम्बन्ध राख्न असमर्थ रहेको जानकारी गराइन्छ साथै यस एशोशिएसनद्धारा जारी गरिने कालो सूचीमा समावेश गर्न सिफारिश गरिने छ,’ जारी गरिएको विज्ञप्तीमा भनिएको छ।

प्रकाशित: ३ श्रावण २०७७, शनिबार