आइएमई मार्फत सिधैं बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउन सकिने

  • Technology Khabar | ३१ असार २०७७, बुधबार
आइएमई मार्फत सिधैं बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउन सकिने

काठमाडौं ।

आइएमईमार्फत सिधैं बैंक खाता तथा मोबाइल वालेटमा रियल टाइममा नै पैसा पठाउन सकिने व्यवस्था मिलाइएको छ।

देश/विदेशमा रहेका सेवाग्राहीहरुले नेपालमा अवस्थित पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँग लिन सकिने बताइएको छ।

यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा आवस्थित व्यवसायिक साझेदारहरु (एजेन्ट पार्टनर) मार्फत समेत उपलब्ध हुनेछ।

विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध रहेको आइएमईले जानकारी दिएको छ।

२५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक हो।

प्रकाशित: ३१ असार २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार