दूरसञ्चार प्राधिकरणले हराएको मोबाइल फोनको ट्र्याक गर्ने, भेट्टाएको फोन फिर्ता नगरे कारबाही

  • Technology Khabar | ३१ असार २०७७, बुधबार
दूरसञ्चार प्राधिकरणले हराएको मोबाइल फोनको ट्र्याक गर्ने, भेट्टाएको फोन फिर्ता नगरे कारबाही

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले अब हराएको मोबाइल फोनको ट्र्याक गर्ने भएको छ । प्राधिकरणले कुनैपनि व्यक्तिको हराएको मोबाईल फोनसेट ट्रयाक गर्नको लागि मोबाइल ट्र्याकिङ्ग सेवा सार्वजनिक गरेको छ ।

दूरसंचार क्षेत्रको नियमनकारी निकायलले आजैदेखि सो मोबाइल ट्रयाकिङ्ग सेवा उपलब्ध भएको जानकारी दिएको छ ।

प्राधिकरणले हराएका मोबाइल फोनहरुको उजुरीको आधारमा ट्रयाक गर्ने भएको हो ।

यसमा मोबाईल फोनसेटको पहिचानको लागि हरेक मोबाइलमा हुने आईएमईआई नम्बरको आधारलाई प्रयोग गर्नेछ । नेपालमा आयात भएका सबै मोबाइल फोनहको रेकर्ड प्राधिकरणमा हुने र नेपालमा प्रयोग भईरहेका सबै मोबाइल फोन सेटहको रेकर्ड प्राधिकरणबाट अनुमति प्राप्त दूरसंचार सेवा प्रदायक कम्पनीहरुसँग रहेको हुन्छ ।

त्यहि आधारमा प्राधिकरणले कसैको हराएको वा चोरी भएको मोबाइल फोनलाई अब सजिलै ट्रुयाकिङ्ग गरेर पत्ता लगाउन सक्ने भएको छ ।

दूरसंचार प्राधिकरणले त्यस्तो कसैको हराएको फोनसेट भेट्टाएको भए तत्काल सोहि व्यक्तिलाई उपलब्ध गराउन वा नजिकैको नेपाल प्रहरी कार्यालय वा प्राधिकरणमा जानकारी गराउन समेत भनेको छ ।

तर यदि कसैले भेट्टाएको फोनसेट सम्बन्धित व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई बिक्री गरेको वा कसैले करिद गरेको पाईएमा सहजै मोबाइल ट्रयाकिङ्ग गर्न सकिने भएकोले कानून बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

‘तसर्थ प्राधिकरणले उपलब्ध गराएको “Mobile Tracking” को सेवा प्रयोग गर्न, हराएको मोवाईल फोनसेट भेटीएमा फिर्ता गर्न र त्यस्तो फोनसेट कसैले पनि खरिद गरी प्रयोग नगर्न सर्वसाधारण सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ प्राधिकरणले भनेको छ ।

यदि तपाईँको पनि मोबाइल फोन सेट हराएको छ भने यो लिङ्कमा https://eir.nta.gov.np/main/individual/track क्लिक गरेर निवेदन दर्ता गराउन सक्नुहुनेछ ।

प्रकाशित: ३१ असार २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार