
काठमाडौं ।
चिनियाँ इन्टरनेट तथा अनलाइट गेमिङ्ग कम्पनी टेन्सेन्टले नेपालसहितका देशहरुमा भिडियो स्ट्रीमिङ्ग सेवा दिईरहेको ‘आईफ्लिक्स’ खरिद गरेको घोषणा गरेको छ ।
कम्पनीले बिहिबार सो घोषणा गरेको भएपछि कति मूल्यमा किनेको भन्ने जानकारी खुलाइएको छैन् ।
टेन्सेन्टले मलेसियामा मुख्यालय रहेको आईफ्लिक्सको ‘सामग्री, प्रविधि र स्रोतहरू’ खरीद गरिसकेको बताएको छ, जुन नेपालसहित दक्षिण र दक्षिण पूर्व एशियाका १३ देशहरुमा सञ्चालन गर्दछ।
‘यो हाम्रो अन्तर्राष्ट्रिय स्ट्रीमिङ्ग प्लेटफर्म, वीटीभीलाई दक्षिणपूर्व एशियामा विस्तार गर्ने र प्रयोगकर्ताहरूलाई अन्तर्राष्ट्रिय, स्थानीय र मूल उच्च गुणस्तरको सामग्री प्रदान गर्ने हाम्रो रणनीति अनुरूप छ,’ कम्पनीले जारी विज्ञप्तिमा भन्यो।
आईफ्लिक्समा राखिएका सामग्रीको दायरामा स्थानीय दर्शकहरूको लागि बनाईएका धेरै मौलिक शोहरू समावेश छन्। यसले विज्ञापनबाट पैसा बनाउने गरि केही सामग्री निःशुल्क समेत प्रदान गर्दछ, जबकि प्रीमियम सेवा सदस्यतामा आधारित रहेको छ ।
सन् २०१५ मा सुरू गरिएको उक्त कम्पनी अस्ट्रेलियामा आईपीओको लागि तयार भइसकेको थियो तर कोरोनाभाइरस महामारीले विश्वव्यापी स्टक बजारमा उथलपुथल भैरहेको पछि हाल पछाडि सरेको छ।
आईफ्लिक्सका हालको स्टाफ र सीईओ मार्क बार्नेट सहित, उनीहरूको भूमिका कायमै रहनेछ राख्ने बताएको छ।
‘हाम्रो वर्तमान प्राथमिकता हाम्रो विद्यमान व्यवसायको साथ सहज एकीकरण र प्रतिभा अवधारण सुनिश्चित गर्नु हो।.’ कम्पनीले भनेको छ ।
टेनसेन्ट विश्वको सबैभन्दा ठूलो अनलाइन गेमिग कम्पनी हो, तर अहिले नयाँ क्षेत्रमा विस्तार गर्न खोजिरहेको छ। कम्पनीले गत वर्ष थाईल्यान्डबाट आफ्नो पहिलो विदेशी भिडियो स्ट्रीमिङ्ग सेवा शुरू गरेको थियो ।
नेपालमा एनसेलसँगको सहकार्यमा एक्सक्लुसिभ सेवा शुरु गरेको आईफ्लिक्सलाई एनसेलले केहि साताअघि मात्र आफ्नो नेटवर्कबाट हटाएको घोषणा गरेको थियो ।
आईफ्लिक्समा नेपाली स्थानिय कन्टेन्टहरु समेत उपलब्ध रहेका छन् ।
प्रकाशित: १२ असार २०७७, शुक्रबार