यी हुन् चीनका दोस्रो धनी व्यक्ति जो पहिले गूगलमा इन्जिनियरको रुपमा काम गर्दथे

  • Technology Khabar | ११ असार २०७७, बिहीबार
यी हुन् चीनका दोस्रो धनी व्यक्ति जो पहिले गूगलमा इन्जिनियरको रुपमा काम गर्दथे

काठमाडौं ।

एक पूर्व गूगल कर्मचारी चीनको दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । ती व्यक्तिको ई-वाणिज्य व्यवसाय पिन्दूओदूओ (Pinduoduo)को बिक्रीमा भएको वृद्धिले उनलाई चीनको दोस्रो धनी व्यक्ति बनाएको हो ।

कोलिन हुआङ्गको सम्पत्ती मूल्य फोर्ब्सले आइतबार ४५.४ अर्ब अमेरिकी डलर रहेको उल्लेख गरेको छ । यो रकमका साथ उनी अलिबाबाको ज्याक मा भन्दा अगाडि तर टेन्सेन्ट कम्पनीका पोनी माको पछाडि छन् ।

हुआङ्ग पहिले माइक्रोसफ्टमा इंटर्नको रुपमा कार्यरत रहेका थिए र त्यसपछि गुगलमा एक इंजीनियरको रूपमा तीन बर्ष बिताए।

ती तीन वर्षहरू मेरो लागि अविश्वसनीय मूल्यवान थिए, ”उनले २०१९मा ब्लग लेखेर बताएका थिए । ‘गुगलले मलाई योगदान गरेको भन्दा बढि चीजहरू दियो।’

हुआङ्गले २०१५ मा पिन्दूओदूओको स्थापना गरेका हुन् । यसमा विशेषगरि गेम किन्नका लागि अर्डर आउने गर्दछ ।

र कम्पनी विशेष गरी कोविड-१९ महामारीको बेला चीनमा निकै लोकप्रिय भएको थियो, अर्डर ५ करोडबाट बढेर प्रति दिन ६करोड ५० लाख लाख पुगेको छ।

यसको महत्वपूर्ण सुविधाहरू भनेको यहाँ टिमको रुपमा नै खरीद गर्न सक्ने सुबिधा छ, जहाँ ग्राहकहरू कम मूल्यमा अधिक एकाईहरू किन्न एक साथ समूहमा आउँछन्।

ग्राहकहरूले सो साइटमा खेलहरू पनि खेल्न सक्दछन् र कहिलेकाँही निशुल्क उपहार पनि कम्पनीले दिने गर्दछ।

हुवाङ्ग अझैपनि विश्वको धनी प्रविधि अर्बपति जेफ बेजोसलाई भेट्नको लागि पाईला पछ्याईरहेका छन् ।

फोर्ब्सले हालै अनुमान गरेअनुसार अमेजन संस्थापकको सम्पत्तिको मूल्य १६२.२ अर्ब डलर छ ।

फोर्ब्सका अनुसार पछि पिन्दूओदूओको मूल्यमा भएको कमीले फेरी मा लाई नै दोस्रो स्थानमा फिर्ता गरेको छ । एजेन्सीका साथ

 

प्रकाशित: ११ असार २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ११ असार २०७७, बिहीबार