
काठमाडौं ।
चिनियाँ कम्पनी शाओमीले चाँडै नै स्मार्ट माउस बजारमा ल्याउन गइरहेको छ। कम्पनीको तर्फबाट एमआई पोर्टेबल वायरलेस माउस ल्याउने घोषणा गरिएको छ।
हालसालै यो स्मार्ट माउस सूचीबद्ध गरिएको छ। यो माउस XASB01ME मोडेल नम्बरको साथ सूचीबद्ध छ।
यस माउसको विशेषता यो हो कि यो माउसले प्रयोगकर्ताको आवाज सुनेर कार्य गर्दछ। स्पिच रिकोग्निस, भाषा अनुवाद सपोर्ट र ४००० डीपीआई यस स्मार्ट माउसमा दिईएका छन्। यस अघि, शाओमीले स्मार्ट की-बोर्ड लन्च गर्ने घोषणा गरेको थियो ।
शाओमीको यो स्मार्ट माउस ब्लुटुथ ५.० भर्सनको सहयोगमा कनेक्ट हुनेछ। कम्पनीले यस माउसमा ईन बिल्ट रिचार्जेबल ब्याट्री प्रदान गर्नेछ।
कम्पनीले यस माउस कहिले लन्च गर्छ भनेर कुनै आधिकारिक जानकारी दिएको छैन्। एजेन्सीका साथ
प्रकाशित: १० असार २०७७, बुधबार