कालापानी-लिपुलेक क्षेत्रमा टेलिकमको सीडीएमए मोबाइल सेवा सञ्चालनमा

  • Technology Khabar | ९ असार २०७७, मंगलवार
कालापानी-लिपुलेक क्षेत्रमा टेलिकमको सीडीएमए मोबाइल सेवा सञ्चालनमा
स्याङ्गजामा रहेको नेपाल टेलिकमको टावर । फाइल फोटो

काठमाडौं ।

नेपाल टेलिकमले दार्चुला जिल्लाको छारुङ्गलगायत ब्यास र कालापानी क्षेत्रमा सीडीएमए मोबाइल सेवा सञ्चालनमा ल्याएको छ।

यसअघि सो क्षेत्रमा रहेकाे टावर मर्मतको अभावमा संचार सेवा बन्द रहेकोमा हाल नेपाल टेलिकमले साे क्षेत्रमा सोमबारदेखि सीडीएमए मोबाइल सेवा संचालन गरेर संचार सम्पर्क गरेको हो ।

कालापानी तथा लिपुलेक हालै नयाँ नक्सामा समावेश गरेसँगै साे क्षेत्रमा बन्द रहेकोमोबाइल सेवा पुन स‌ंचालन गरिएको हो । कम्पनीले सीडिएमएको टावरलाई पुनः मर्मत सम्भार गरेर सञ्चालनमा ल्याएको हो ।

यसअघि नेपाल र सीमा क्षेत्रमा रहेका भारतीयहरुले समेत सो सेवा प्रयोग गर्ने गरेका थिए ।

अहिले भने टेलिकमले सरकारले केहि समयअघि छाङरुमा स्थापना गरेको सशस्त्र प्रहरी बलको बिओपीलाई लक्षित गरी टावर मर्मत गरेर सेवा सञ्चालनमा ल्याएको हो ।

टेलिकमले सो क्षेत्रमा टावर सञ्चालनमा ल्याएसँगै छारुङ्ग, कालापानी, गुन्जी, कुटी र टिंकरलगायका क्षेत्रमा सीडीएमएमार्फत मोबाइल सेवा उपलब्ध भएको छ ।

सो टावर मर्मत गर्नका लागि कम्पनीले हेलिकोप्टरबाट उपकरणहरु ढुवानी गरेको थियो ।

यो पनि हेर्नुस्-

दार्चुला जिल्लाको त्रिदेशीय सीमा क्षेत्र छाङरु र तिंकर ६ महिनादेखि सञ्चारविहीन

प्रकाशित: ९ असार २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ९ असार २०७७, मंगलवार

NOC from Nagarik App

  • ९ असार २०७७, मंगलवार

E-pension verification system launched

  • ९ असार २०७७, मंगलवार