सामाजिक सञ्जालमार्फत हुने साइबर अपराधबाट बच्ने सजिला ६ उपायहरु यस्ता छन्

  • Technology Khabar | ६ असार २०७७, शनिबार
सामाजिक सञ्जालमार्फत हुने साइबर अपराधबाट बच्ने सजिला ६ उपायहरु यस्ता छन्

काठमाडौं ।

सामाजिक नेटवर्किंगको दायरा विश्वभर लगातार बढिरहेको छ। धेरै नयाँ प्लेटफर्महरू बाहिर आईरहेका छन्, जसको माध्यमबाट व्यक्तिहरू एक अर्कासँग कनेक्ट हुन सक्षम छन् ।

यसले एकातिर, नयाँ मानिससँग सम्पर्क र अन्तरक्रिया बढाउन सजिलो भएको छ भने अर्कोतर्फ साइबर अपराध पनि निरन्तर बढ्दै गइरहेको छ।

फेसबुक र ट्विटर, व्हाट्सएप यूट्यूब जस्ता सोशल मिडिया प्लेटफर्महरूमा अनलाइन फ्रडका साथै तस्वीर र भिडियोको दुरुपयोगका धेरै घटनाहरू पनि पछिल्लो दिनमा निरन्तर भईरहेका छन् ।

यस्तोमा प्रयोगकर्ताहरूले केहि सावधानी अपनाउँदा धेरै हदसम्म सुरक्षा हुन्छ । यसको लागि केहि महत्त्वपूर्ण सुझावहरू रहेका छन् । जुन प्रयोग गरेर प्रयोगकर्ताहरूले आफूलाई अनलाइनमा हुने जोखिम र त्यसको शिकारबाट जोगाउन सक्दछन्।

  • संवेदनशील व्यक्तिगत जानकारी जस्तै तपाईंको ठेगाना, फोन नम्बर, नागरिकता नम्बर, फोटो, जन्म मितिलगायत सोशल मीडियामा शेयर गर्दा साइबर अपराधीलाई तिनीहरूको दुरुपयोग गर्न सजिलो हुन्छ। सोशल मिडियामा त्यस्ता कुराहरु पोष्ट गर्नु हुँदैन।
  • यदि कुनै पनि प्रकारको कुनै पनि व्यक्तिगत जानकारी सोशल मिडियामा शेयर गरिएको छ, भने यो केवल तपाईँका साथीहरूले मात्र हेर्ने किसिमको बनाउनुस् । यसका लागि प्राइभेसी सेटिंग्सु सही प्रयोग गर्नुहोस्।
  • सोशल मिडियामा नचिनेका अज्ञात व्यक्तिहरूको फ्रेन्ड रिक्वेस्ट स्वीकार गर्नु अघि प्रोफाइल राम्ररी जाँच्नुहोस् र सावधानी अपनाउनुहोस्। यो तपाईंलाई फसाउनका लागि एक षडयन्त्र समेत हुनसक्छ।
  • साइबर अपराधीहरूले प्रायः सामाजिक मिडियामा नक्कली प्रोफाइलहरू बनाएर पीडित बनाउन चाहने व्यक्तिहरूसँग निकटता बढाउने प्रयास गर्छन् र उनीहरूको गोप्य जानकारी वा व्यक्तिगत डाटा प्राप्त गर्ने प्रयास गरिरहेका हुन्छन् । तिनीहरूले सकेसम्म विश्वास प्राप्त गर्न कोसिस गर्छन्, जसले पछि प्रयोगकर्ताहरूलाई नै क्षति पुर्‍याउँछ।
  • अनलाइनमा मात्र चिनजान भएको कुनैपनि मित्रलाई विश्वास नगर्नुहोस्। यदि तपाईं उनीहरूमा वास्तविक जीवनमा पनि त्यस व्यक्तिलाई विश्वास गर्न सक्नुहुन्छ भने मात्र त्यसो गर्नुहोस्, तर त्यसमा सावधान हुनुहोस्।
  • यदि तपाईं ‘साइबर स्ट्याकिङ्ग’ (Cyber Stalking) को शिकार हुनुभएको छ भने, आफ्नो परिवार, साथीहरू वा आफन्तहरूसँग परामर्श लिनुहोस् र अपराधीको विरुद्ध पुलिसमा वा साइबर ब्यूरोमा उजुरी गर्नुहोस्। प्रमाणको लागि त्यस्ता अपराधीसँग गरेको प्रत्येक प्रकारको कुराकानी र सम्पर्कको जानकारी सुरक्षित गर्नुहोस्।

उल्लेखित  विषयहरुमा मात्र ध्यान दिनुभयो भने पनि तपाईँ सोशल मिडियामा हुने साइबर अपराधबाट बच्न सक्नुहुनेछ ।

प्रकाशित: ६ असार २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार