एनसेलले रिचार्जमा दिँदै आएको १२० प्रतिशत बोनस अफर आजदेखि बन्द

  • Technology Khabar | ३२ जेष्ठ २०७७, आईतवार
एनसेलले रिचार्जमा दिँदै आएको १२० प्रतिशत बोनस अफर आजदेखि बन्द

काठमाडौं ।

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले रिचार्जमा दिँदै आएको बोनस सेवा बन्द गरेको छ । कम्पनीले आजदेखि बोनस सेवा बन्द गरेको जानकारी दिएको छ ।

कम्पनीले आफ्नो फेसबुक पेजमा शनिबार एक सूचना जारी गर्दै रिचार्जमा दिँदै आएको १२० प्रतिशत बोनस अफर जेठ ३२ गतेबाट बन्द हुने उल्लेख गरेको छ ।

कम्पनीले तीन दिनसम्म प्रयोग गर्न सकिनेगरि आफ्ना सेवा प्रयोगकर्तालाई रिचार्जमा बोनस दिँदै आएको थियो । बोनस रकम एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेथियो ।

कम्पनीले गत चैत १३ गतेदेखि रिचार्ज कार्ड, भीएफटी, इलेक्ट्रोनिक रिचार्जलगायत सबै माध्यमबाट हुने रिचार्जमा सेवाग्राहीलाई बोनस दिँदै आएको थियो ।

कम्पनीले यस्तो सेवा शुरुमा ३० दिनको लागि ल्याएपनि पछि लकडाउन अवधिभरको लागि संचालन गरिरहेको थियो ।

अब भने रिचार्जमा दिईँदै आएको यस्तो बोनस सेवा बन्द गरिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमले रिचार्जमा बोनस दिँदै आएका थिए । अन्य कम्पनीहरुले रिचार्जमा बोनस अफर यसअघि नै बन्द गरिसकेका छन् ।

यो पनि हेर्नुस्-

एनसेललाई स्वतः नविकरण हुने प्याकेज बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

प्रकाशित: ३२ जेष्ठ २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार