मोबाइल वालेट इसेवाको प्रयोग गैरकानूनी कार्यमा, त्यस्ता एकाउन्ट ब्लक गरिने कम्पनीको चेतावनी

  • Technology Khabar | २३ जेष्ठ २०७७, शुक्रबार
मोबाइल वालेट इसेवाको प्रयोग गैरकानूनी कार्यमा, त्यस्ता एकाउन्ट ब्लक गरिने कम्पनीको चेतावनी

काठमाडौं ।

भुक्तानीमा सेवा प्रदायक वालेट इसेवाको गैरकानूनी कार्यमा प्रयोग गरेको पाईएको छ ।कम्पनीले गैरकानूनी कार्यमा प्रयोग गरिएको भन्दै त्यस

इसेवा फोनपे प्रालिले गैरकानूनी कार्यको भुक्तानीका लागि आफ्नो इसेवा प्रयोग भएको भन्दै त्यस्ता एकाउन्टलाई ब्लक गरिने चेतावनी  दिएको छ ।

कम्पनीले हालै आफ्नो ट्विटर एकाउन्टबाट सार्वजनिक सूचना जारी गर्दै सरकारको कानून विपरित तोकेको कुनैपनि अनलाइन खेल, बाजी, बेटिङ तथा अन्य कुनै पनि कार्यमा कसैलाई भुक्तानीको माध्यममा प्रयोग गर्न छुट नदिएको जनाएकोछ ।

‘यदि कसैले इसेवा खाता भुक्तानीको माध्यम प्रयोग गरी यस्तो क्रियाकलाप गरेको पाइएमा हामीले सरोकारवाला निकायमा कारबाहीका लागि सिफारिस सहित जानकारी गराउनुका साथै त्यस्ता अकाउण्ट निलम्बन गरि भविश्यमा प्रयोग गर्न अयोग्य हुनेछ।’ कम्पनीको सूचनामा भनिएको छ ।

इसेवाले त्यस्ता व्यक्तिहरुले भविष्यमा कम्पनीको सेवा प्रयोग गर्नबाट अयोग्य हुने आफ्नो नीति रहेको  उल्लेख गरेको छ ।

इसेवा प्रयोग गरि गैरकानूनी कार्यहरुमा भुक्तानी गरेको जानकारी प्राप्त भएमा कम्पनीको ग्राहक केन्द्रमा खबर गर्न समेत आग्रह गरेको छ।

प्रकाशित: २३ जेष्ठ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल आई/ओ आगामी मे १९ र २० मा आयोजना हुँदै

  • Technology Khabar
  • २३ जेष्ठ २०७७, शुक्रबार