फेसबुकले सरकार नियन्त्रित मिडियाहरुलाई लेबल लगाउने, प्लेटफर्ममा विज्ञापन गर्न प्रतिबन्ध

  • Technology Khabar | २३ जेष्ठ २०७७, शुक्रबार
फेसबुकले सरकार नियन्त्रित मिडियाहरुलाई लेबल लगाउने, प्लेटफर्ममा विज्ञापन गर्न प्रतिबन्ध

काठमाडौं ।

फेसबुक इन्कले छिटै सरकार-नियन्त्रित मिडिया संगठनहरु र समाचार स‌ंस्थाहरुलाई लेबलिंग गर्न शुरू गर्ने भएको छ । यस्ता समाचार संगठनहरुले दिने जुनसुकै समाचार भएपनि त्यो लेबलका साथमा हुनेछन् ।

यसका साथमा अमेरिकी प्रयोगकर्ताहरुलाई लक्षित गरेर संचालन हुने यस्ता मिडिया आउटलेटहरुबाट हुने विज्ञापनलाई ब्लक गर्ने कम्पनीले बताएको छ ।

कम्पनीले एक ब्लग पोस्टमा आफ्नो चलिरहेको ‘चुनावी अखण्डता प्रयास’ को एक हिस्साको रूपमा त्यसको केहि महिना अगाडीदेखि नै यस्ता पेजहरूको लागि एक पेजधनीको सुनिश्चितता गर्नेछ र मतदान विरोधी विज्ञापनमा प्रतिबन्ध लगाउने लगायतका विषयहरुको घोषणा गरेको छ।

नयाँ नीति अन्तर्गत, जुन अर्को हप्तामा सबै प्रयोगकर्ताहरूमा लागू हुनेछ हुन्छ, समाचार संगठनहरू “जुन सरकारको प्रभावमा परेको हुनसक्छ” लेखिएको एउटा सानो तर स्पष्ट लेबल हुनेछ, र यो उनीहरुले गरेको पोष्टहरूको साथमा देखिनेछ । 

फेसबुक द्वारा प्रदान गरिएको आंशिक सूचीका अनुसार संसारको सबैभन्दा ठूलो सामाजिक नेटवर्कले रूसको स्पुतनिक, इरानको प्रेस टिभी र चीनको सिन्ह्वा समाचार संस्थामा यो लेबल लागू गर्नेछ । कम्पनीले शुरूमा करिब २०० पृष्ठहरूमा लेबल लागू गर्ने बताएको छ ।

सरकार नियन्त्रित मिडियाहरुमा राखिने लेबलसहितको चेतावनी संदेशमा यस्तो लेखिएको छ,- ‘यो प्रकाशक पूर्ण वा आंशिक रूपमा राज्यको सम्पादकीय नियन्त्रणमा छन्। यो रकम, संरचना र पत्रकारिता मापदण्ड सहितमा मात्र सीमित नभई अन्य कारकहरूको दायराबाट निर्धारित गरिन्छ। ‘

तर फेसबुकले अमेरिकामा आधारित सरकारी मिडियाहरुलाई भने सम्पादकिय स्वतन्त्रता हुने भन्दै लेबल नगर्ने बताईएको छ ।

फेसबुकले लेबल लगाउनका लागि विभिन्न मापदण्डहरु तोकेकोछ, जसमा सरकारी लगानी मिशन पत्रकारीता, लगानीकर्ताहरु र संगठनात्मक संरचना, सम्पादकिय मापदण्ड र गाइडलाइन्स, लगानीको स्रोत र आम्दानीलगायत रहेका छन् ।

प्रकाशित: २३ जेष्ठ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Innovation Campus graduates coding students, launches AI programme in Nepal

  • Technology Khabar
  • २३ जेष्ठ २०७७, शुक्रबार

DipArtha hosts interaction program

  • २३ जेष्ठ २०७७, शुक्रबार

India’s electric scooter brand Ampere officially launches in Malangwa

  • २३ जेष्ठ २०७७, शुक्रबार

Technical problems on new passport system will be solved gradually: Foreign Ministry

  • २३ जेष्ठ २०७७, शुक्रबार

Two hundred thousand online betting apps closed

  • २३ जेष्ठ २०७७, शुक्रबार