विवादका बिच टिकटक मे महिनामा सबैभन्दा धेरै डाउनलोड हुने एप, जूम दोस्रो स्थानमा

  • Technology Khabar | २३ जेष्ठ २०७७, शुक्रबार
विवादका बिच टिकटक मे महिनामा सबैभन्दा धेरै डाउनलोड हुने एप, जूम दोस्रो स्थानमा

काठमाडौं ।

चीनको भिडियो शेयरिङ्ग एप टिकटक हालसालै धेरै विवादमा रहेको छ। तर पनि यसको लोकप्रियता घटेको छैन्।

एपहरुको बारेमा तथ्यांक राख्ने सेन्सर टावरको एक रिपोर्ट अनुसार, टिकटक गएको मे महिनामा विश्वको सबैभन्दा डाउनलोड गरिएको नन-गेमिङ्ग एप भएको छ। यसको अधिकांश डाउनलोड भारतमा गरिएको छ।

टिकटक एन्ड्रोइड एपहरुमध्येमा पनि पहिलो स्थानमा रहेको छ ।

रिपोर्टका अनुसार यसले कूल १ करोड ११ लाख डाउनलोड प्राप्त गरेको छ जसमध्ये २० प्रतिशत भारतका हुन्। यसलाई डाउनलोड गर्ने सन्दर्भमा अमेरिका दोस्रो स्थानमा छ ।

यससँग, टिकटकले नम्बर एक एप जूमलाई हरायो जुन अप्रिलमा पहिलो नम्बरमा थियो। भिडियो कलिङ्ग एप जूम मेमा दोस्रो स्थानमा रहेको छ ।

टिकटक र जूमका साथै मेमा सबैभन्दा धेरै डाउनलोड गरिएका एपहरू तेस्रो, चौथो र पाँचौं स्थानमा व्हाट्सएप, फेसबुक र मेसेन्जर एप्स थिए। यी सबै तीन एपहरू फेसबुकको स्वामित्वमा रहेका छन् ।

यस बाहेक इन्स्टाग्राम, गूगल मिट, आरोग्य सेतु, यूट्यूब र स्न्यापच्याट एप क्रमश रहेका छन् । भारतीय सरकारी एप आरोग्य सेतु पहिलो पटक टप १० मा परेको छ । यो भारतमा कोरोनाभाइरस ट्र्याकिंगका लागि अनिवार्य गरिएको छ ।

मे मा गूगलको प्ले स्टोरमा भएका डाउनलोडको आधारमा हेर्दा टिकटक पहिलो स्थानमा रहेको छ । त्यसपछि ह्वाट्सएप रहेको छ भने जूम एप तेस्रो नम्बरमा छ ।

भारत सरकारको कोरोना ट्र्याकिंग एप एन्ड्रोयडमा डाउनलोडमा टप सेभेनमा रहेको छ । गुगलको भिडियो कलिङ्ग एप गूगल मीट आठौं स्थानमा  छ । त्यसभन्दा अगाडी फेसबुक, मेसेन्जर र इन्स्टाग्राम रहेका छन् ।

आईओएस एप डाउनलोडको बारेमा कुरा गर्दा जूम नम्बर एकमा छ भने टिकटक दोस्रो नम्बरमा रहेको छ। यस पछि यूट्यूब, फेसबुक र गुगल मीट एप्स तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।

प्रकाशित: २३ जेष्ठ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Innovation Campus graduates coding students, launches AI programme in Nepal

  • Technology Khabar
  • २३ जेष्ठ २०७७, शुक्रबार

DipArtha hosts interaction program

  • २३ जेष्ठ २०७७, शुक्रबार

India’s electric scooter brand Ampere officially launches in Malangwa

  • २३ जेष्ठ २०७७, शुक्रबार

Technical problems on new passport system will be solved gradually: Foreign Ministry

  • २३ जेष्ठ २०७७, शुक्रबार

Two hundred thousand online betting apps closed

  • २३ जेष्ठ २०७७, शुक्रबार