ह्वावे टेक्नोलोजीज अन्तरगतको ह्वावे हिसिलिकनले विश्वभरका युवा प्रतिभालाई नियुक्त गर्दै

  • Technology Khabar | १९ जेष्ठ २०७७, सोमबार
ह्वावे टेक्नोलोजीज अन्तरगतको ह्वावे हिसिलिकनले विश्वभरका युवा प्रतिभालाई नियुक्त गर्दै

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावे टेक्नोलोजीज अन्तरगतको ह्वावे हिसिलिकनले विश्वभरबाट युवा प्रतिभाहरुलाई नियुक्त गर्ने घोषणा गरेको छ ।

यो नियुक्ती प्रकृया विश्वभरका स्नातकोत्तर र स्नातक तहका व्यक्तिहरु जो सन् २०१७ जनवरी १ देखि सन् २०२१ डिसेम्बरसम्म विश्वविद्यालयबाट उपाधी हासिल गरेकालाई समावेश गरिनेछ ।

कम्पनीले ती युवा प्रतिभाहरुलाई आकर्षित गर्न विश्वस्तरीय चुनौतीयुक्त टपिकहरु, मेन्टरहरु र वैश्विक भिजन, प्लेटफर्म र स्रोतहरुका साथै ५ गुणा अतिरिक्त तलब दिने बताईएको छ ।

हालै आएको रिपोर्टअनुसार कम्पनीले कम्प्यूटर आर्किटेक्चर, चिप, अल्गोरिदम, सेमिकण्डक्टर टेक्नोलोजी, मटेरियल एप्लिकेसन्स, सफ्टवेयर आर्किटेक्चर र अन्य च्यालेन्जसहितका शिर्षकहरु उपलब्ध गराउने छ ।

‘हामी कोर स्टार भएका प्रतिभाहरुको खोजीमा रहेका छौं, हामी नयाँ विश्वमा चुनौती दिनसक्ने र नयाँ ज्ञानमा हामफाल्न चाहने साहसी मानिसहरुको खोजीमा छौं । यसअतिरिक्त, उनीहरुले मूरेको कानून भोन न्यूम्यानको बोटलनेक लगायतको सिमिततालाई सम्बोधन गर्नेछन्,’ कम्पनीले भनेको छ ।

नयाँ कर्मचारीहरुको रुपमा भर्ना गर्न कम्पनीले चीनमा विज्ञापन नै खुलाएको छ ।

ह्वावे हिसिलिकन विभाग कम्पनीको किरिन चिपसेटहरुको विकासमा संलग्न रहेको छ । जसले ५जी कनेक्टिभिटीका लागि बालोङ्ग मोडमहरु समेत विकास गरेको छ । जतिबेला कम्पनीले यी प्रविधिहरुको विकास गर्यो, त्यसबेला यसको उत्पादनमा टिएसएमसी म्यानुफ्याक्चरिङ्गको सहयोग लिएको थियो ।

तर अमेरिकी प्रतिबन्धपछि कम्पनीको यो तरिकामा परिवर्तन आउने भएको छ जसले गर्दा कम्पनीले नयाँ युवा प्रतिभाहरुलाई त्यसमा प्रयोग गर्न लागेको बताईएको छ । एजेन्सीका साथ

प्रकाशित: १९ जेष्ठ २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार