स्पेसएक्सको क्रु ड्रागन स्पेसक्राफ्टमार्फत अन्तरिक्ष यात्रीहरु अन्तराष्ट्रिय स्पेस स्टेशनमा प्रवेश

  • Technology Khabar | १९ जेष्ठ २०७७, सोमबार
स्पेसएक्सको क्रु ड्रागन स्पेसक्राफ्टमार्फत अन्तरिक्ष यात्रीहरु अन्तराष्ट्रिय स्पेस स्टेशनमा प्रवेश

काठमाडौं ।

स्पेसएक्सको क्रु ड्रागन स्पेसक्राफ्टले दुईजना अन्तरिक्ष यात्रीहरुलाई सफलतापूर्वक अन्तराष्ट्रिय स्पेस स्टेशनमा पुर्याएको छ ।

सो अन्तरिक्ष यानमा रहेका दुई अन्तरिक्ष यात्रीहरु बड बेनकेन र डग हर्ले आइतवार बेलुका अन्तराष्ट्रिय स्पेस स्टेशनमा प्रवेश गरेका थिए ।

यो अन्तरिक्ष यात्रा अमेरिकाबाट नौ वर्षपछि भएकोहुँदा पनि अमेरिकी स्पेस अभियान संचालन गर्ने नासाको लागि निकै महत्वपूर्ण रहेको थियो ।

दुबै अन्तरिक्ष यात्रीहरु करिब १९ घण्टाको यात्रापछि स्टेशनमा पुगेका हुन् ।
यसअघि आइतवार बिहान अमेरिकाको फ्लोरिडा राज्यबाट फाल्कन ९ रकेटबाट उनीहरुलाई अन्तरिक्षमा पुयाईएको थियो । उनीहरुको अन्तरिक्ष यान स्टेशनमा तोकिएको समयभन्दा करिब १० मिनेट अगाडि जोडिएको थियो ।

नासाको कमर्शिल क्रु प्रोग्राम अन्तरगत यसअभियानलाई डेमो २ नाम दिईएको थियो । यो कार्यक्रममा स्पेसएक्स र बोईङ्ग कम्पनीहरुले क्रु क्याप्सुल बनाउने र लन्च गर्नेछन् ।

स्पेसएक्सले यसअघि अन्तरिक्ष स्टेशनमा कार्गोहरु पुर्याउने र पेलोड लन्च गरेको भएपनि पहिलो पटक मानवसहितको यात्रा गरेको थियो ।

दुबै अन्तरिक्ष यात्रीहरुले स्टेशनमा विभिन्न किसिमका अनुसन्धान गर्नेछन भने क्रु ड्रागनको बारेमा पनि थप अनुसन्धान हुनेछ । तर कहिलेसम्म उनीहरु त्यहाँ रहन्छन भन्ने स्पष्ट छैन् ।

रकेट कम्पनी स्पेसएक्सले आगामी दिनमा पर्यटकको रुपमा मानिसलाई अन्तरिक्ष स्टेशनमा लागे उद्धेश्य राखेको छ । एजेन्सीका साथ

प्रकाशित: १९ जेष्ठ २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार