गूगलले सार्यो अपरेटिङ्ग सिस्टम एन्ड्रोयड ११ बीटा भर्सनको घोषणा कार्यक्रम, यस्तो छ कारण

  • Technology Khabar | १७ जेष्ठ २०७७, शनिबार
गूगलले सार्यो अपरेटिङ्ग सिस्टम एन्ड्रोयड ११ बीटा भर्सनको घोषणा कार्यक्रम, यस्तो छ कारण

काठमाडौं ।

गूगलले आगामी साता भर्चुअल इभेन्टमार्फत सार्वजनिक गर्न लागेको नयाँ एन्ड्रोयड मोबाइल अपरेटिङ्ग सिस्टमको कार्यक्रम स्थगित गरेको छ।

कम्पनीले शुक्रबार सो बारेमा जानकारी दिँदै एन्ड्रोयड ११ लन्च गर्ने कार्यक्रम स्थगित गरेको हो ।

गूगलले सो बारेमा कुनै कारण दिएको छैन् तर सो लन्च इभेन्ट सारिनुको पछाडि भने अमेरिकामा अहिले भईरहेको विरोध र्यालीहरु कारण रहेको अनुमान गरिएको छ ।

केहि दिनअघि अमेरिकाको मिनियापोलिस शहरमा अस्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी हिरासतमा मृत्यु भएपछि हिंसात्मक आन्दोलन हुँदै आएको छ । जसले अक्ल्याण्ड, एटलान्टा, न्यूयोर्कलगायतका शहरहरुमा आन्दोलन चर्किएको छ ।

त्यसैगरि गूगलको कार्यालय र गूगलका कर्मचारीहरु बस्ने सानजोसेको ‘बे’ एरियामा पनि आन्दोलन हुँदै आएको बताईएको छ।

एन्ड्रोयड डेभलपर्सले हालै ट्विट गरेर आगामी जून ३ तारिखमा आयोजना हुने इभेन्ट सारिएको बताएको छ ।

यसका साथै एन्ड्रोयड ११ को बीटा रिलिज पनि रोकिएको छ ।

सो इभेन्टमा एन्ड्रोयडका भाइस प्रेसिडेन्ट अफ इन्जिनियरिङ्ग डेभ बर्केले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

गूगलले सो इभेन्टको नयाँ मिति कहिले हुन्छ भन्ने जानकारी दिएको छैन् ।

प्रकाशित: १७ जेष्ठ २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार