सोशल मिडिया नियन्त्रण गर्न अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा कार्यकारी आदेश जारी

  • Technology Khabar | १६ जेष्ठ २०७७, शुक्रबार
सोशल मिडिया नियन्त्रण गर्न अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा कार्यकारी आदेश जारी
फाइल तस्बिर

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोशल मिडिया कम्पनीहरुको विरुद्ध जरिवाना गर्नसक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छ ।

राष्ट्रपतिले सोशल मिडियाहरुको अधिकारलाई सिमित गर्ने उद्धेश्यले नयाँ आदेश जारी गरेका हुन् ।

उनले आफ्नो आदेशलाई अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न ल्याएको दाबी गरेका छन् ।

सो नयाँ आदेशले सोशल मिडिया प्लेटफर्महरुलाई दिएको केहि कानूनी संरक्षणहरु हटाउने छ । यसले नियमनकारी निकायहरुलाई फेसबुक, ट्विटर यूट्यूबजस्ता संस्थाहरुलाई उनीहरुको प्लेटफर्ममा हुने कन्टेन्टको नियमनको बारेमा कारबाही गर्न सक्ने अधिकार दिएको छ।

राष्ट्रपति ट्रम्पले सो आदेश हस्ताक्षर गर्दै सोशल मिडिया प्लेटमर्फहरुलाई अनचेक्ड पावर अर्थात असिमित अधिकार पाएको दोष लगाए ।

अमेरिकी राष्ट्रपतिको सो आदेशले भने कानूनी चुनौतीहरु सामना गर्नुपर्ने बताईएको छ ।

यसअघि माइक्रोब्लगिङ्ग साइट ट्विटरले राष्ट्रपति ट्रम्पको ट्वीटलाई फ्याक्टचेकको लागि लेबल लगाईदिएपनि उनी आगो भएका थिए ।

त्यसलगत्तै उनले सोशल मिडियालाई नियन्त्रण गर्ने आदेश ल्याउने बताएका थिए ।

अहिलेको आदेश अमेरिकाको कम्युनिकेशन्स डिसेन्सी एक्टअन्तरगत जारी गरिएको छ । जसले अनलाइन प्लेटफर्महरु फेसबुक, ट्विटर र यूट्यूब लगायतलाई निश्चित अवस्थामा कानूनी संरक्षण प्रदान गर्दछ ।

यसैबिच उनको कार्यकारी आदेशसँगै सोशल मिडिया कम्पनीहरुको शेयर घटेको छ । एजेन्सीका साथ

प्रकाशित: १६ जेष्ठ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १६ जेष्ठ २०७७, शुक्रबार