Technology Khabar १५ जेष्ठ २०७७, बिहीबार
काठमाडौं ।
सरकारले अहिलेको ब्रोडब्याण्ड नीतिलाई परिमार्जन गर्ने भएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७ ७८ को लागि बजेट सार्वजनिक गर्दै ब्रोडब्याण्ड नीति परिमार्जन गर्ने बताए ।
अर्थमन्त्री खतिवडाले आगामी २ वर्षभित्र देशभर फाइबर टू होमलाई लागू गर्ने बताए ।
उनले डिजिटल नेपालको फ्रेमवर्कलाई कार्यान्वन गरिने र आर्थिक अवसरको उपयोग गरिने बताए ।
त्यसैगरि आगामी वर्ष ४जी सेवा देशभर बिस्तार गरिने घोषणा गरेकाछन भने ललिपुरमा रहेको सूचना प्रविधिमा आधारित राष्ट्रिय ज्ञान पार्क बनाईने बताए ।
साइबर सुरक्षा जोखिमको पहिचान गरिने, असरलाई न्यूनिकरण गरिने र साइबर फेरेन्सिक ल्याब स्थापना गरिने बताए । त्यसैगरि छुट्टै साइबर सुरक्षा केन्द्र स्थापना गर्नकोलागि अध्ययन गरिने उल्लेख गरेका छन्।
सुरक्षण मुद्रण छापाखाना स्थापना र व्यवसायीकताको आधारमा नेपालको आफ्नै स्याटेलाइट राख्ने व्यवस्था मिलाउने बताए ।
प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार