कोभिड-१९ महामारीमा बन्द भएका आफना अमेरिकी स्टोरहरु एप्पलले धमाधम खोल्दै

  • Technology Khabar | १५ जेष्ठ २०७७, बिहीबार
कोभिड-१९ महामारीमा बन्द भएका आफना अमेरिकी स्टोरहरु एप्पलले धमाधम खोल्दै

काठमाडौं ।

कोभिड-१९ को महामारीले आफ्ना स्टोरहरु बन्द गरेको टेक कम्पनी एप्पलले १०० भन्दा बढि स्टोरहरु खुला गर्ने भएको छ ।

कम्पनीले अमेरिकामा रहेका ती स्टोरहरु यो साता क्रमश खुला गर्न लागेको हो ।

एप्पलका आधिकारीक स्टोरहरु खुला भएपनि ग्राहकहरुले त्यसमा प्रवेश गर्न भने पाउने छैनन् ।

अधिकांश स्टोरहरुले स्टोरफ्रन्ट सर्भिसहरु मात्र दिनेछ जसको अर्थ ग्राहकहरुले पहिले नै स्वीकृती लिएर मात्र जान पाउनेछन वा अनलाइनबाट गरिएका अर्डरहरुका लागि स्टोरबाट सामान संकलन गर्नक्ने कम्पनीले बताएको छ ।

यसको अर्थ स्टोरमा लामो समयसम्म बस्न पाईनेछैन् ।

कम्पनीले अमेरिकाका एरिजोना, क्यालिफोर्निया, टेक्सासलगायतका राज्यका ४० स्टोरहरुमा भने ग्राहकहरुलाई प्रवेशको अनुमति दिएको छ ।

कम्पनीले यसबाहेक अन्य स्थानमा पनि स्टोर खोल्नेछ तर खोलिने सबै स्थानका स्टोरहरुमा तापक्रम मापन र मास्क अनिवार्य लगाईएको हुनुपर्नेछ । त्यसैगरि कति जना मानिस भित्र जाने भन्ने समेत संख्या तोकिनेछ । एजेन्सी

प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार