सोशल मिडिया बारेमा अमेरिकी राष्ट्रपतिले कार्यकारी आदेश जारी गर्ने, दिए बन्द गराउने चेतावनी

  • Technology Khabar | १५ जेष्ठ २०७७, बिहीबार
सोशल मिडिया बारेमा अमेरिकी राष्ट्रपतिले कार्यकारी आदेश जारी गर्ने, दिए बन्द गराउने चेतावनी

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजालहरुका लागि एक कार्यकारी आदेश लागू गर्ने भएका छन् । अमेरिकी राष्ट्रपतिले आज बिहिबार कार्यकारी आदेश जारी गर्ने ह्वाइट हाउसले बताएको छ ।

उनको कार्यकारी आदेश यसअघि सोशल मिडिया ट्विटरले उनको भनाईलाई फ्याक्ट चेकको लागि लेबल लगाईदिएपछि आउन लागेको हो ।

अमेरिकी राष्ट्रपतिले सोशल मिडिया प्लेटफर्महरुलाई बन्द गर्ने चेतावनी दिएका थिए, उनले कन्जरभेटिभको आवाजलाई रोकिएको आरोप लगाएका छन् ।

ट्विटरले उनको ट्वीटमा पहिलो पटक फ्याक्ट चेकको लागि चिन्ह लगाईदिएपछि उनले त्यसलाई अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको भन्दै चर्को विरोध गरेका छन् ।

उनले ल्याउन लागेको कार्यकारी आदेश कस्तो हुने हो भन्ने अझै स्पष्ट छैन् ।

त्यसपछि पनि उनले ट्वीट गर्दै ठूला टेक कम्पनीहरुले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिय चुनावलाई सेन्सर गर्न शक्ति प्रयोग गरिरहेको आरोप लगाएका छन्।

सोशल मिडिया र ट्रम्प बिच लामो समयदेखि विवाद भईरहेको छ जसमा ट्विटरको फ्याक्ट चेक लेबलले थप उत्कर्समा पुर्याएको हो ।

उनले बुधबार सोशल मिडिया प्लेटफर्महरुलाई ससक्तरुपमा नियमन गर्ने वा पूर्णरुपमा बन्द गर्ने गरि चेतावनी दिएका थिए । एजेन्सीका साथ

प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार