स्पेसएक्सको पहिलो मानवसहितको अन्तरिक्ष प्रक्षेपण रोकियो, आगामी शनिबार फेरी प्रक्षेपण हुने

  • Technology Khabar | १५ जेष्ठ २०७७, बिहीबार
स्पेसएक्सको पहिलो मानवसहितको अन्तरिक्ष प्रक्षेपण रोकियो, आगामी शनिबार फेरी प्रक्षेपण हुने

काठमाडौं ।

अमेरिकी रकेट कम्पनी स्पेसएक्सको पहिलो मानवसहितको अन्तरिक्ष प्रक्षेपण रोकिएको छ ।

कम्पनीले दुई अन्तरिक्षयात्रीसहित आज विहान उडान भर्ने कोशिस गरेकोमा खराब मौसमका कारण अन्तरिक्ष रकेट प्रक्षेपण रोकिएको हो ।

स्पेसएक्सले पहिलो पटक आफ्नो रकेटबाट नासासँग मिलेर अन्तरिक्षमा मानिस पठाउने योजना गरेको हो जसअन्तरगत अमेरिकाको फ्लोरिडाको स्पेस सेन्टरबाट रकेट प्रक्षेपण गर्ने योजना थियो ।

तर प्रक्षेपणको लागि तयार भएको भएपनि मौसमका कारण सो योजना अन्तिममा स्थगित भएको हो ।

यो अन्तरिक्ष उडानमा स्पेसएक्सका दुई अन्तरिक्ष यात्रीहरु डग हर्ले र बब बेनकेन अन्तरिक्षमा जान तयार रहेका थिए ।

अब सो प्रक्षेपण आगामी शनिबार मे ३० तारिखमा हुनेछ । एजेन्सीका साथ

प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार