
काठमाडौं ।
नोकियाको फोन उत्पादन प्लान्टमा कार्यरत कर्मचारीमा कोरोनाभाइरस देखिएपछि कम्पनीले उत्पादन बन्द गरेको छ । गत हप्ता भारतको तमिलनाडुमा रहेको टेलिकम गियर प्लान्ट बन्द गरेको हो।
कम्पनीले प्लान्टका केही कर्मचारीहरू कोरोना पोजिटिभ पाइएको हुँदा यस्तो कदम उठाएको बताएको छ। यद्यपि नोकियाले तमिलनाडुको श्रीपेरुम्बुदुर क्षेत्रको प्लान्टमा कति जना कामदारहरू कोरोना पोजिटिभ भए भनेर खुलाएको छैन।
तर स्रोतहरुको आधारमा आएका समाचार रिपोर्टले भने करीव ४२ जना कर्मचारी कोरोना पोजिटिभ पाईएका थिए। लकडाउन छुट पाएपछि केही हप्ता अघि मात्रै प्लान्ट फेरि खोलिएको थियो । नोकिया कम्पनीले कर्मचारीहरू निको भएपछि प्लान्ट फेरि सुरु हुने जनाएको छ।
यसअघि चिनियाँ स्मार्टफोन निर्माता ओपोले पनि नयाँ दिल्लीको बाहिरी भागमा रहेको आफ्नो प्लान्ट बन्द गरेको थियो । यहाँ पनि केहि कर्मचारीहरु कोरोना पोजिटिभ पाईएका थिए । एजेन्सीका साथ
प्रकाशित: १४ जेष्ठ २०७७, बुधबार