फेसबुकको ‘क्याचअप’ नामक एप सार्वजनिक, आठ जनाबिच एकैपटक अडियो कल गर्न सकिने

  • Technology Khabar | १४ जेष्ठ २०७७, बुधबार
फेसबुकको ‘क्याचअप’ नामक एप सार्वजनिक, आठ जनाबिच एकैपटक अडियो कल गर्न सकिने

काठमाडौं ।

सोशल मिडिया कम्पनी फेसबुकले हालै क्याचअप (CatchUp) नाम नयाँ कलिंग एप्लिकेसन लन्च गरेको छ । यो एपबाट एक पटकमा ८ जना युजरले ग्रुपमा अडियो कल गर्न सकिन्छ ।

क्याचअप एप को फेसबुकको न्यू प्रोडक्ट एक्सपेरिमेन्ट (एनपीई) टिमले तयार पारेको हो । यो ऐपको विशेषता भनेको यसले यूजर्सलाई अन्य युजरहरू अडियो कलको लागि उपलब्ध छन वा छैन भन्ने पहिले नै जानकारी दिन्छ ।

यो ऐपमा लग-इन गर्नको लागी फेसबुक एकाउंटको आवश्यकता पर्दैन् । यसका साथै यो एपले यूजर्सलाई कलहरू मर्ज गर्ने सुविधा प्रदान गर्दछ।

क्याचअप एप हाल अमेरिकामा परिक्षणका लागि उपलब्ध गराईएको छ। यो आईओएस र एन्ड्रोइडको लागि लन्च गरिएको छ।

यसलाई प्रयोग गर्नका लागि प्रयोगकर्ताको फेसबुक एकाउन्ट आवश्यक पर्दैन र तपाईको फोनमा सूचीबद्ध भएका अहिलेका सम्पर्क नम्बरहरुमा नै काम गर्न सक्दछ ।

अडियो कल गर्नका लागि यूजरले एप खोल्नु पर्छ। त्यसपश्चात क्रिएट कलको अप्शनमा गएर आफ्नो कन्ट्याक्ट लिस्टमा भएका अन्य युजर्सलाई छान्न सक्नुहुनेछ । त्यसपछि क्रिएट कलमा क्लिक गरेर अडियो कलहरू गर्न सकिनेछ ।

यसमा प्रयोगकर्ताले कतिबेला आफू  र साथीभाई उपलब्ध हुन्छन त्यही अनुसार समय तोकेर सेटिङ्ग गर्न सक्नेछन् ।

यो क्याचअप एपमा एकपटकमा ८ जनासम्मलाई अडियो कल गर्न सकिने सुबिधा दिएको छ । एजेन्सीका साथ

प्रकाशित: १४ जेष्ठ २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार