
काठमाडौं ।
सर्च इन्जिन कम्पनी गूगलले आफ्ना विश्वभरका कार्यालयहरु संचालन गर्ने योजना ल्याएको छ ।
अल्फाबेट इंक अन्तरगतको कम्पनी गूगलले आउँदो जुलाई ६ देखि करिब १० प्रतिशत क्षमतामा अधिक कार्यालयहरु संचालन गर्ने बताएको छ ।
यदि अवस्था ठिक भएमा कम्पनीले आगामी सेप्टेम्बरसम्म त्यसलाई बढाएर करिब ३० प्रतिशत पुर्याउनले लक्ष्य लिएको छ ।
गूगलले यसका साथै आफ्ना प्रत्येक कर्मचारीहरुलाई १ हजार डलर वा सो बराबरको भत्ता रकम कर्मचारी भएको देशअनुसार दिनेछ । सो रकम उनीहरुले आफ्नो लागि आवश्यक उपकरणहरु र कार्यालयको फर्निचरहरु खरिद गर्न सक्नेछन् । जसले गर्दा यो वर्षभरी घरबाटै का मगर्नेहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।
यो वर्ष कार्यालयहरुमा अत्यावश्यक कामका लागि सिमित कर्मचारीहरु मात्र हुने र उनीहरुपनि सिमित मात्रामा, चक्रिय आधारमा मात्र उपस्थित हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले ब्लग पोस्टमा भनेका छन्। एजेन्सीका साथ
प्रकाशित: १४ जेष्ठ २०७७, बुधबार