भिडियो कन्फरेन्सिङ्ग प्लेटफर्म जूमद्धारा चीनमा नयाँ प्रयोगकर्तालाई निशुल्क दर्ता गर्न रोक

Technology Khabar ७ जेष्ठ २०७७, बुधबार

काठमाडौं ।

भिडियो कन्फरेन्सिङ्ग सेवा प्रदायक कम्पनी जूम भिडियो कम्युनिकेशन्स इंकले चीनमा नयाँ यूजरको दर्तामा रोक लगाएको छ ।

कम्पनीले हालै नयाँ नियम जारी गर्दै चीनको मुख्य भूभागमा इन्टरप्राइजेज ग्राहकहरुलाई मात्र नयाँ प्रयोगकर्ता दर्ता दिईने उल्लेख गरेकोहो ।

निशुल्क ग्राहकहरुले अब चीनमा दर्ता भईसकेका ग्राहकहरुले आयोजना गरेको मिटिङ्गहरुमा भने सहभागी हुन सक्नेछन् । जहाँ नयाँ यूजर रजिस्ट्रेशन इन्टरप्राइजेज ग्राहकहरुका लागि मात्र उपलब्ध हुनेछ, जसले आधिकारीक बिक्री प्रतिनिधिमार्फत साइनअप गरेका छन्, कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको यो कदम चीनमा कम्पनीको गतिबिधिलाई घटाउनु हो जसको बारेमा निकै चर्चा हुँदै आएको छ ।

यो कदमसँगै अब चीनमा प्रयोगकर्ताहरुले व्यक्तिगतरुपमा एकाउन्टहरु जूममा खोल्न रोक लागेकोछ । यसो हुनुमा चीनभित्रको नियमनकारी आवश्यकतालाई मानिएको छ । जसले गर्दा जूमको बारेमा अमेरिका र चीन दुबै ठाउँमा छानबिनको दायरामा आएको थियो ।

विश्वभर महामारीको प्रकोपले गर्दा घरमै मानिसहरु बसिरहेको बेलामा जूम जस्ता प्लेटफर्महरुको माग उच्च रहेको छ । एजेन्सीका साथ

प्रकाशित: ७ जेष्ठ २०७७, बुधबार

तपाइको प्रतिक्रिया