निम्बस समूहका सबै कर्मचारीहरुको कोभिड–१९ विरुद्धको बीमा

  • Technology Khabar | ४ जेष्ठ २०७७, आईतवार
निम्बस समूहका सबै कर्मचारीहरुको कोभिड–१९ विरुद्धको बीमा

काठमाडौं ।

हाल कोभिड-१९ बाट सृजित स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै उद्योगहरुमा यस बिरुद्ध जनचेतना जगाउने, अनिवार्य प्राथमिक स्वास्थ्य जाँच गर्ने, डिसइन्फेक्सन टनेलको प्रयोग, सामाजिक दुरीको पालना, अत्यावश्यक बाहेक अन्य कर्मचारीहरुले घरबाटै सेवा दिने अवधारणा लागु गर्दै आएको छ ।

अत्याबश्यक वस्तु उत्पादन गर्न,ढुवानी गर्न तथा निम्बसबजार डटकम Nimbusbazar.com मार्फत आएका मागहरुलाई सुरक्षित ढुवानी गर्न पिपिईको समेत प्रयोग गर्दै आएता पनि सम्भावित जोखिम तथा त्यसबाट हुने सक्ने आर्थीक क्षतिलाई न्यूनिकरण गर्न शिखर ईन्स्योरेन्सको सहकार्यमा निम्बसका देशभर सम्पूर्ण उद्योगका साथै कार्यालयमा कार्यरत ५३६ जना कामदार तथा कर्मचारीहरुलाई कोभिड बीमा गरेको जानकारी दिएको छ ।

निम्बसका प्रवन्ध निर्देशक आनन्द अग्रवाल बगडिया भन्छन्, ‘हामीले सवै कर्मचारीहरुलाई फेसमास्क, पन्जा, ह्याण्ड सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै सवै किसिमका जोखिम न्यनीकरण गर्नाकालागि सम्पुर्ण कर्मचारीहरुलाई कार्यस्थलभित्र आवश्यक सामाजिक दुरी कायम गर्न सिकाएका छौं।’

प्रकाशित: ४ जेष्ठ २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Korea showcases AI-powered drone technology, fires 600-mm ‘Sniper’ rocket launcher

  • Technology Khabar
  • ४ जेष्ठ २०७७, आईतवार