फेसबुकले जीआईएफ उपलब्ध गराउने प्लेटफर्म गिफीलाई ४० करोड डलरमा किन्दै

  • Technology Khabar | ३ जेष्ठ २०७७, शनिबार
फेसबुकले जीआईएफ उपलब्ध गराउने प्लेटफर्म गिफीलाई ४० करोड डलरमा किन्दै

काठमाडौं ।

फेसबुकले वेबमा आधारित एनिमेटेड जीआईएफ सर्च इन्जिन तथा प्लेटफर्म प्रदायक गिफी खरिद गर्ने भएको छ ।

सोशल मिडिया जायन्ट फेसबुकले करिब ४० करोड अमेरिकी डलरमा जीआईएफ कम्पनीलाई खरिद गर्न लागेको हो ।

यो डिल फेसबुकको अहिलेसम्मको सबैभन्दा ठूलो डिल भएको बताईएको छ । सन् २०१७ मा गिफीलाई ६० करोड डलर मूल्यांकन गरिएकोमा हाल फेसबुकले त्यसलाई ४० करोड डलरमा नै किन्न लागेको हो ।

गिफी एनिमेटेड जीआईएफ, र शेयरगर्न सकिने किसिमका जीआईएफको लागि केन्द्रिय स्रोतको रुपमा रहँदै आएको छ ।

सन् २०१५ मा पनि फेसबुकले सो कम्पनीलाई किन्ने प्रयास गरेको थियो । तर अहिले भने कोरोनाभाइरसको महामारीले गर्दा अधिकांश व्यवसायहरुलाई असर परेको बेला फेसबुकले अवसर पारेर किन्न सकेको बताईएको छ ।

आगामी दिनमा गिफीले फेसबुकको इन्स्टाग्रामको लागि मुख्यरुपमा काम गर्नेछ जहाँ बिल्ट इन सर्च र स्टीकरहरु उपलब्ध गराउने छ । यसका साथमा फेसबुकका अन्य एप्सहरुमा पनि गिफी उपलब्ध हुनेछ ।

खरिदसँगै फेसबुकले गिफीका लागि थप डेभलपमेन्टको क्षेत्रमा लगानी गर्नेछ ।

‘इन्स्टाग्राम र गिफीलाईसँगै ल्याउँदा, हामी मानिसहरुका लागि जीआईएफ र स्टीकरहरु स्टोरीहरुका लागि र सिधै राख्नका लगि पत्ता लगाउन सजिलो बनाउन सक्नेछौं,’ फेसबुकका एक्जुकेटिभ विशाल शाहले भने ।

उनकाअनुसार गिफीको करिब ५० प्रतिशत ट्राफिक फेसबुकअन्तरगतका एप्सबाट नै आउने गरेको छ । एजेन्सी

प्रकाशित: ३ जेष्ठ २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...