
काठमाडौं ।
आगामी आर्थिक वर्षमा सरकारी सेवा संचालनको लागि एकीकृत एप्स संचालनमा ल्याउने भएको छ ।
हाल संचालनमा रहेका सबै सरकारी एप्सलाई एकीकृत गरि सेवा प्रवाह गर्नका लागि एकीकृत र अन्तरआबद्ध गरि सूचना प्रविधि मैत्री सेवा प्रवाह गर्ने योजना सरकारले लिएको छ ।
एकीकृत एप्सबाट मार्फत सरकारी काम कारबाहिको अनुगमन, गुनासो सुनुवाई तथा सम्बोधन हुने व्यवस्था मिलाईनेछ,’ राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै घोषणा गरिन्।
यसका साथै सरकारले आगामी ३ वर्षभित्र स्थानिय निकायका सेवाहरुलाई अनलाइन प्रणालीमा ल्याई अनलाइन प्रणालीबाट नै व्यक्तिगत घट्ना दर्ता गर्ने प्रणालीको विकास गर्ने योजना लिएको छ ।
प्रकाशित: २ जेष्ठ २०७७, शुक्रबार