Technology Khabar २ जेष्ठ २०७७, शुक्रबार
काठमाडौं ।
फेसबुकले चाइना मोबाइल, एमटिएन ग्लोबलकनेक्ट, ओरेन्ज, एसटिसी, टेलिकम इजिप्ट, भोडाफोन र डब्लूआईओसीसीसँग मिलेर अफ्रिका, मध्यपूर्व र यूरोपका २३ देशहरुलाई जोड्नेगरि सबसी केबल निमार्ण गर्ने भएको छ ।
सो ३७ हजार किलोमिटर लामो केबल जसलाई २अफ्रिका नाम दिईएकोछ, त्यसले हाल अफ्रिकामा सेवा दिईरहेको सबसी केबलहरुको तुलनामा ३ गुणा ठूलो नेटवर्क क्षमता दिने फेसबुकले जानकारी दिएको छ ।
कम्पनीकाअनुसार यो पूर्वी र पश्चि अफ्रिका जोड्ने पहिलो सबसी केबल सिस्टम हुनेछ ।
यो सिस्टम सन् २०२३ र २४को बिचमा संचालन हुने अपेक्षा गरिएको छ जसलाई १८०टेराबाइट प्रतिसेकेण्डको क्षमतामा डिजाइन गरिएको छ ।
यसमा स्पाटियल डिभिजन मल्प्लिेक्सिङ्ग टेक्नोलोजी प्रयोग गरिएको छ जसले १६ जोडि फाइरबलाई जडान गर्न सकिन्छ । यसले पुरानो केबलको तुलनामा ५० प्रतिशत क्षमता बढाउने दाबी गरिएको छ ।
फेसबुकले सो परियोजनामा इन्टरनेट सोसाइटिसँगको सहकार्यमा लगानी गरेकोछ, जसले अफ्रिकामा २०२० सम्म ८० प्रतिशत इन्टरनेट ट्राफिक बढाउने योजना थियो । एजेन्सी
प्रकाशित: २ जेष्ठ २०७७, शुक्रबार