
काठमाडौं ।
रियलमीले आफ्नो नयाँ सिरिज अन्तरगत दुई स्मार्टफोनहरु लन्च गरेको छ । कम्पनीले नार्जो सिरिजमा भारतीय बजारबाट आफ्नो दुई नयाँ स्मार्टफोनहरु लन्च गरेको हो ।
कम्पनीले नार्जो १० र नार्जो १०ए स्मार्टफोन लन्च गरेको छ ।
नार्जो १०ए यस सिरिजमा लो इण्डको मोडल हो भने नार्जो १० सिरिजको सबैभन्दा हाईईण्डको डिभाइस हो । यी दुबै डिभाइसहरु बजेट सेगमेन्टका सस्तो मूल्यमा लन्च गरेको छ ।
कम्पनीले यसअघि दुईपटक रियलमी नार्जो सिरिजको लन्चलाई सारेको थियो । कोरोनाभाइरसका कारण भारतमा लकडाउन भएसँगै तेस्रो पटकमा कम्पनीले अनलाइन इभेन्टमार्फत यी फोन ल्याएको हो ।
रियलमीले आफ्नो नार्जो १० स्मार्टफोनमा ६.५ इन्चको एचडी प्लस डिस्प्ले राखेको छ भने यो वाटरड्रप नोच डिजाइनमा ल्याएको छ । यो फोन एन्ड्रोयड १० मा आधारित रहेको छ ।
यो फोन मिडिया टेक हेलियो जी८० चीपसेट राखिएको छ भने ४जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको छ ।
यसमा फोटोग्राफीका लागि ४८ मोगपिक्सेलको क्वाड रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि १६ मेगापिक्सेलको फोन रहेको छ । यसमा १८ वाटको फास्ट चार्जिंग सपोर्टसहितको ५,००० एमएचएच ब्याट्री रहेको छ ।
अर्को फोन नार्जो १०ए अझ सस्तो मोडलको फोन आएको हो । यसमा हेलियो जी७० चीपसेटका साथ ३ जीबी र्याम र ३२ जीबी स्टोरेज रहेको छ ।
यसमा १२ मेगापिक्सेलको मुख्य क्यामरासहित ट्रिपल क्यामरा सेटअप रहेको छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामरा राखिएको छ ।
कम्पनीले नार्जो १० लाई भारतीय बजारमा ११,९९९ भारुमा लन्च गरेको छ भने अर्को नार्जो १०ए ८,९९९ भारुमा लन्च गरेको छ।
यी दुबै फोनहरु अर्कोसातादेखि बजारमा उपलब्ध हुनेछ।
प्रकाशित: २९ बैशाख २०७७, सोमबार