एभरेष्ट बैंक र एफवान सफ्टबीच मोबाईल बैंकिङ सम्झौता, ‘ईबीएलटच २४ मा थपिए नयाँ सुविधा

  • Technology Khabar | २४ बैशाख २०७७, बुधबार
एभरेष्ट बैंक र एफवान सफ्टबीच मोबाईल बैंकिङ सम्झौता, ‘ईबीएलटच २४ मा थपिए नयाँ सुविधा

काठमाडौं ।

एभरेष्ट बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतासँगै अब एभरेष्ट बैंकको मोबाईल एप्स् ईबीएलटच २४ मा नयाँ सुविधा थपिएका छन् ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगी र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे ।

यो मोबाईल एपमा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको छ भने बैंकको ‘ईबीएलटच २४’ मा नयाँ सुविधाहरु थप गरिएको छ ।

ग्राहकहरुले यस एपमार्फत ५० भन्दा बढी बैंकका खाताहरुमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टिभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइ जहाज, बस तथा सिनेमा टिकटको अन्लाईन खरिद गर्नुका साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्युआर पेमेन्टबाट भुक्तानी गर्न सक्नेछन् । यसै गरी ग्राहकहरुको सहजता र सुरक्षाका लागि फिंगर प्रिन्ट वा फेस रेकोगनिशनबाट पनि सहजै कारोबार गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २४ बैशाख २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार