सामुदायिक विद्यालयले सामाजिक सञ्जालबाटै विद्यार्थी भर्ना लिन शुरु

  • Technology Khabar | १८ बैशाख २०७७, बिहीबार
सामुदायिक विद्यालयले सामाजिक सञ्जालबाटै विद्यार्थी भर्ना लिन शुरु

काठमाडौं ।

नयाँ शैक्षिक सत्रका लागि सिन्धुपाल्चोक जिल्लास्थित पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयले गत आइतबारदेखि भर्ना शुरु गरेका छन् ।

सामाजिक सञ्जाल, फोन तथा म्यासेञ्जरबाट नयाँ भर्ना लिन शुरु गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए।

दुई हप्ताअघि गाउँपालिकाका सबै सामुदायिक विद्यालयले अनलाइनबाटै कक्षा १ देखि ९ सम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए ।

‘अहिले भर्ना भएका विद्यार्थीलाई वडाध्यक्षको समन्वयमा विद्यार्थीको घर घरमा पुगेर उनीहरुलाई किताब र पोशाक पुर्याउनुपर्ने भएकाले भर्ना अभियान शुरु गरिएको हो, उनले भने ।

यसअघि बसेको पाँचपोखरी थाङ्पाल गाउँपालिका शिक्षा समितिको बैठकमा कोभिड-१९ को जोखिमलाई मध्यनजर गरी सम्बधित वडाका वडाध्यक्षसँग समन्वय गरी विद्यालयले भर्ना अभियान शुरु गर्ने निर्णय भएको थियो ।

सो जोखिमबाट बच्न सामाजिक दूरी कायम गरी नियमित विद्यालय प्रशासन सञ्चालन भइरहेको छ । हाल सो गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् भने झण्डै तीन हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित: १८ बैशाख २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार