
काठमाडौं ।
जनरल मोटर्सले आफ्नो आउँदो इलेक्ट्रिक हम्मरको लन्चलाई कोभिड-१९ महामारीका कारण पछाडि सार्न सकिने बताएको छ ।
जनरल मोटर्स कम्पनीअन्तरगतको हम्मरको इलेक्ट्रिक भर्सन यहि मे २० तारिखमा सार्वजनिक गर्ने मिति तय गरिएको थियो । तर कोभिड १९ ले प्रभावित हुने यो पछिल्लो अटोमोटिभ इभेन्ट भएको छ ।
मोटर शोहरु जेनेभा मोटर शो र क्याडिल्याकको लाईरिक सार्वजनिक गर्ने कार्यक्रम पनि रद्ध भएको थियो ।
जनरल मोटर्सले हम्मर ईभीलाई सार्वजनिक गर्न अर्को मिति तय गर्ने बताएको छ ।
यो वर्षको शुरुवातमा नै कम्पनीले हम्मरलाई नयाँ ईलेक्ट्रिक रुपान्तरणमा ल्याउने घोषणा गरेको थियो । त्यसपछि जनरल मोटर्सले सो सूपर ट्रकको परीक्षण गरेको विभिन्न भिडियोहरु आएका थिए ।
हम्मर ईभीमा १ हजार हर्शपावर बराबरको क्षमता हुनेछ भने केलब ३ सेकेण्डमा नै ६० माइल प्रति घण्टाको गतिमा दौड्नेछ । हम्मर ईभीले ११,५०० फीटको टर्क प्रदान गर्दछ ।
जनरल मोटर्सको हम्मर ईभी कम्पनीको मिचिगनमा रहेको डेट्रोयट ह्यामट्राम्क एसेम्बली प्लान्टबाट उत्पादन हुनेछ ।जहाँ कम्पनीले २.२ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो ।
प्रकाशित: १८ बैशाख २०७७, बिहीबार