अनलाईन शेयर कारोबार प्रणालीलाई पूर्ण स्वचालित बनाउन धितोपत्र बोर्डको तयारी

  • Technology Khabar | १६ बैशाख २०७७, मंगलवार
अनलाईन शेयर कारोबार प्रणालीलाई पूर्ण स्वचालित बनाउन धितोपत्र बोर्डको तयारी

काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली लागू गर्ने तयारी गरेको छ ।

नेपालमा लागू गरिएको हालको अनलाईन कारोबार प्रणाली पूर्ण नभई यो अर्ध स्वचालित मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम सुरु गरिएको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् ।

मंगलबार कोरोना प्रभावमा शेयर बजार सम्बन्धमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भिष्म ढुङ्गानाले लकडाउन खुलेको दुई देखि तीन महिनाभित्र पूर्ण स्वचालित अनलाईन कारोबार लागू गरिने प्रतिवद्धता व्यक्त गरे । यसका लागि नेप्से र बोर्डनै लागिपरेको उनले बताए।

सरकाले लागू गरेको लकडाउनका विच बजार खोल्ने वातावरण मिलाउन बजार सम्बद्ध निकायहरुमा चार सय भन्दा बढी व्यक्ति उपस्थित हुनुुपर्ने र यसले लकडाउनको प्रभावकारितालाई असर गर्नेहुँदा बजार खोल्न नसकिएको उनले प्रष्ट पारे ।

तर, वैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा थोरै समयको कारोबार गर्ने पक्षमा भएको जानकारी दिए ।

अध्यक्ष ढुंगानाले यसका लागि कुन मोडालिटिमा कारोबार सुचारु गर्ने हो भन्ने विषयमा तयारी अवस्थामा रहन नेप्सेलाई निर्देशन समेत दिएको बताएका छन् ।

प्रकाशित: १६ बैशाख २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार