
काठमाडौं ।
तपाईँ हामी नियमितरुपमा आफ्ना डिभाइसहरुलाई बचाउन विभिन्न किसिमका एन्टिभाइरसहरुको प्रयोग गर्ने गर्दछौं । स्मार्टफोन, ट्याबलेट होस वा ल्यापटप र कम्प्यूटर सबैमा भाइरस आउन सक्ने संभावनाका साथ एन्टिभाइरस प्रोग्रोम तथा सफ्टवेयरहरु प्रयोग गर्ने गर्दछौं ।
तर ती एन्टिभाइरस कार्यक्रमहरु नै जोखिमयुक्त छन भने के होला ? हालै आएको एक रिपोर्टले दुई दर्जभन्दा बढि एन्टिभाइरस प्रोग्रामहरुमा जोखिम रहेको देखाएको छ । जसमा निकै लोकप्रिय र प्रयोगमा रहेका एन्टिभाइरसहरु म्याकाफे, माइक्रोसफ्ट डिफेण्डर, ईसेल लगायत सफ्टवेयरहरु छन् ।
प्रयोगमा रहेका २८ वटा एन्टिभाइरस प्रोग्रामहरुमा नै समस्या भेटिएको हो।जसमध्ये सबैभन्दा धेरै १२ वटा विण्डोज ओएसमा प्रयोग हुने एन्टिभाइरस प्रोग्रामहरु छन भने त्यसपछि बाँकी म्याकओएस र लीनक्समा छन् ।
जसले विण्डोज अपरेटिङ्ग सिस्टममा मात्र नभई निकै सुरक्षित मानिने एप्पलको म्याकओएस तथा लीनक्स अपरेटिङ्ग सिस्टमलाई समेत प्रभावित पारेको छ ।
र्याक९११ ल्याब्स(Rack911 Labs)ले सार्वजनिक गरेको जानकराीअनुसार, एन्टिभाइरस प्याकेजहरुमा कमजोरीहरु रहेका छन जसले गर्दा सफ्टवेयर प्रयोग भएपनि ह्याकरहरुले फाइलहरु डिलिट गर्नसक्ने र क्र्यास गराउन सक्ने सम्मको अनुमति दिएको छ । यसले गर्दा मालवेयर समेत इन्स्टल गराउन सक्नेछ । सिस्टम प्लेटफर्मको आधारमा जोखिमहरुलाई विभिन्न तरिकाहरुले दूरुपयोग गर्न सकिनेछ ।
सेक्यूरिटी ल्याबले त्यसको भिडियोसहित प्रमाण सार्वजनिक गरेको छ ।
विण्डोज अपरेटिङ्ग सिस्टममा प्रयोग हुने एन्टिभाइरस प्याकेजको जोखिम
म्याकओएस अपरेटिङ्ग सिस्टममा प्रयोग हुने एन्टिभाइरस प्याकेजको जोखिम
केहि एन्टिभाइरस उत्पादकहरु जसमा एभीजी, एफ सेक्यूर, म्याकाफे र सिम्यान्टेकले ती कमजोरीहरुलाई सुधार गरिरहेका छन् । तर अन्यमा भने अझै कमजोरी रहेको बताईएको छ । तर र्याक९११ ल्याब्सको रिपोर्ट सार्वजनिक पछि अधिकांश कमजोरी छिटै सुधार गरिने अपेक्षा गरिएको छ ।
यी हुन जोखिमयुक्त एन्टिभाइरस प्रोग्रामहरु-
विण्डोजमा प्रयोग हुने
म्याकओएसमा प्रयोग हुने
लीनक्समा प्रयोग हुने
प्रकाशित: १६ बैशाख २०७७, मंगलवार