
काठमाडौं ।
अनलाइन बजार दराजले दराज विक्रेता सहयात्री कार्यक्रम सुरू गरेको छ। यस कार्यक्रम मार्फत दराजले देशभरिका व्यवसायीहरूलाई आफ्नो ‘डिजिटल प्ल्याटफर्म्’ मार्फत व्यवसाय विस्तार तथा सञ्चालन गर्न आमन्त्रित गरिरहेको छ।
यस कार्यक्रम अन्तर्गत स्थानिय रुपमा कूल रु ५५ लाख आर्थिक सहायता समावेश रहेको कम्पनीले जनाएको छ।
कार्यक्रमअन्तर्गत दराजले साना र मध्यम उद्यमहरूलाई २०२० को मे र जून महिनाका लागी कुनै पनि बजार शुल्क नलिने र कम समयमै दराजमा अनलाइन पसल स्थापना गरिदिने आश्वासन दिएको छ।
यसका साथै बिक्रेताहरुलाई आफ्नो अनलाईन व्यवसायबाट पूर्ण लाभ उठाउन दराज युनिभर्सिटी मार्फत ई-कमर्स सञ्चालन सम्बन्धित शिक्षा तथा तालिम नि:शुल्क दिइनेछ। यति मात्र नभई बिक्रेताहरुलाई दराजमा अनलाइन पसल स्थापना तथा सञ्चालनमा सहयोग पुर्याउन आफ्नो अनुभवी स्टाफ तथा विज्ञहरुको साथ पनि दिइनेछ।
दराजले एसएमई क्षेत्रलाई पुनर्जीवीत गर्ने उद्देश्यका साथ आफू कार्यरत सबै देशहरूमा यस कार्यक्रम लागू गरेको छ र करीब आधा मिलियन डलरको अनुदान उपलब्ध गराउँदै छ।
● ३० जून, २०२० सम्म सबै दराज विक्रेताहरुलाई साप्ताहिक भुक्तानी
● सबै एसएमई विक्रेताको लागि दराज एपमा उच्च दृश्यता र प्रचार
● कार्यक्षमता सुधार गर्न विश्लेषणात्मक अनलाइन उपकरण निःशुल्क दिइने
● नयाँ विक्रेताहरूलाई अनलाइन पसल स्थापना तथा सञ्चालनमा पूर्ण सहयोग
सहयात्री कार्यक्रममार्फत हजारौं एसएमईहरुले ई-वाणिज्यमा बढेको उच्च गतिविधिको उपयोग गरी देशभरिका लाखौं दराज ग्राहकसमक्ष पुगी व्यवसाय अघि बढाउन सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: १६ बैशाख २०७७, मंगलवार