आर्थिक समाचार

ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुरु, खातावालाले अर्को खातावालालाई सिधै भुक्तानी गर्न सक्ने

ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुरु, खातावालाले अर्को खातावालालाई सिधै भुक्तानी गर्न सक्ने
Global IME Bank

आफ्ना व्यवसायीक ग्राहक महानुभावहरुलाई विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको छ।

ई@नबिल(e@Nabil) एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई प्रदान गरिने इन्टरनेट बैंकिङ्ग सेवा हो । ई@नबिल मार्फत ग्राहकहरुले नबिल बैंकमा खाता भएका आफ्ना ग्राहकहरुलाई स्वयम् नै रकम भुक्तानी गर्न सक्नेछन् ।

साथै ग्राहक महानुभावहरुले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथै बैंक शाखामा नआई आफ्नै कार्यालयबाट थोक भुक्तानीहरु समेत गर्न सक्नेछन् ।

ई@नबिलका सन्दर्भमा नबिल बैंकका प्रमुख कार्यकारी प्रमुख अनिल केशरी शाहलेभने, “ई@नबिल व्यवसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणाली हो । यस प्रणालीमार्फत हाम्रा ग्राहकवर्गले सजिलै छोटो समयमा स्वयम् नै रकमान्तरण गर्न सक्नेछन् । अब वित्तीय कारोबार गर्न नियमित बैंकमा आइरहनु पर्दैन ।”

नबिल बैंकले देश भरी ११८ शाखाहरु र १७५ एटिएम काउण्टरहरुबाट सेवा दिईरहेको जनाएको छ ।

Sajilo Visa
easy care