
काठमाडौं ।
स्मार्टफोन मेकर कम्पनी सामसङ १०८ मेगापिक्सेल स्मार्टफोन सार्वजनिक गरेसँग अब ६०० मेगापिक्सेल क्यामरा सेन्सरमा काम गरिरहेको छ ।
कम्पनीले यहि वर्ष लन्च गरेको ग्यालेक्सी एस२० अल्ट्रामा १०८ मेगापिक्सेलको सेन्सर राखेको छ ।
क्यामरा सेन्सरको क्षेत्रमा प्रमुख कम्पनीमध्येको एक सामसङले अहिले ६०० मेगापिक्सेल क्यामरा सेन्सरमा काम गरिरहेको जानकारी आएको छ । बजारमा स्मार्टफोन कम्पनीहरुले आफ्नो क्यामरामा अधिक ध्यान दिँदै फोनहरु लन्च गरिरहेको बेला कसैले पावरफुल क्यामरा राख्ने भन्ने होडबाजी भईरहेको छ । यहि विषयलाई ध्यानमा राखेर मेगापिक्सेलका साथसाथै स्मार्टफोनहरुमा क्यामरा सेन्सरको संख्या पनि बढिरहेको छ ।
अब स्मार्टफोनहरुमा ब्याक र फ्रन्टमा गरेर ६ क्यामरासम्म प्रयोग गरिएको छ ।
हालै सामसङका सेन्सर बिजनेट टिमका प्रमुख योंगिन पार्कले कम्पनी अधिक मेगापिक्सेल भएको सेन्सरमा काम गरिरहेको बताए ।
उनकाअनुसार कम्पनीको योजना साना साना क्यामरा सेन्सरहरु बनाउने छ र आँखाको भन्दा पनि अधिक रिजोल्युशन हासिल गर्नु हो जसलाई ५०० मेगापिक्सेल भएको बताईन्छ ।
पार्कले ६०० मेगापिक्सेलका सेन्सर बनाउन सकिने बताए । तर उनले सो बारेमा भने बिस्तृत जानकारी दिएका छैनन्। यस्तो किसिमको इमेज सेन्सरहरु छिटै अटोनोमस भेहिकल, आईओटी र ड्रोनहरुमा प्रयोग गर्न सकिने बताए ।
तर कम्पनीले कहिलेसम्म यो सेन्सरका साथ स्मार्टफोन आउँछ भन्ने जानकारी दिएको छैन तर यसमा काम गरिरहेको बताएको छ ।
सामसङको तर्फबाट एक पोस्टमा उनले कम्पनी सेन्सरको साइट बढाउने काम गरिरहनुका साथै यस्तो प्रविधि बनाईरहेको छ जसले भविश्यमा अन्तरक्रिया गर्ने तरीकालाई परिवर्तन गर्ने बताए ।
सामसङ सेन्सर टिमले पनि अहिलेको स्मार्टफोनहरुमा कटिंग एज फीचरहरु राखिने र अधिक स्क्रीन टू बडि रेसियो तथा स्लिम डिजाइनका हुने गरेको बताएको छ । जसले गर्दा साना र कम्स्याक्ट सेन्सर बनाउनु पर्नेछ । एजेन्सी
प्रकाशित: १० बैशाख २०७७, बुधबार