टेलिकम क्षेत्रमा गरिने खर्च सन् २०२० मा १.६ अर्ब डलर पुग्ने अनुमान

  • Technology Khabar | ८ बैशाख २०७७, सोमबार
टेलिकम क्षेत्रमा गरिने खर्च सन् २०२० मा १.६ अर्ब डलर पुग्ने अनुमान

काठमाडौं ।

कोभिड-१९को महामारीका बिचपिन विश्वभर टेलिकम खर्च सन् २०२० मा १.६ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

इन्टरनेशनल डाटा कर्पोरेशनकाअनुसार सन् कोभिड-१९ ले बजारमा विभिन्न किसिमले असर पारिरहेको भएपनि त्यसले टेलिकम सेवाहरुको प्रयोगलाई भने वृद्धि गरिदिएको छ । विश्वभर लकडाउनले गर्दा अधिकांश मानिसहरु वर्क फ्रम होममा संलग्न भएको टेलिकम सेवाहरुको मागमा समेत वृद्धि भएको हो ।

तर यसले सिधै टेलिकम क्षेत्रमा हुने खर्चलाई समावेश गर्दैन् किनकी अधिकांश मानिसहरुसँग अनलिमिटेड भ्वाइस कल्स र अनलिमिटेड इन्टरनेट सर्भिसहरु छन् ।

अधिकांश साना र मझौला व्यवसायहरु बन्द वा खारेज हुने अवस्थामा पुगेको हुादा आईपी र क्लाउड सर्भिसहरुको औसत प्रयोगकर्ता दर मा कमि हुनेछ भने २०२० को दोस्रो अर्ध वार्षिकमा कुल ग्राहस्थ उत्पादन पनि घट्नेछ । जसले बजारलाई नै चुनौती दिने रिपोर्टमा उल्लेख छ ।

आईडिसीको रिपोर्टअनुसार यसले मोबाइल व्यवसायमा पनि असरपार्नेछ किनकी अधिकांश रिटेल आउटलेटहरु लकडाउनले गर्दा बन्दको अवस्थामा भएको र नयाँ डिभाइस तथा प्लानहरु आउन कठिन भएको छ ।

कोभिड-१९ ले खर्च गर्ने किसिममा अनिश्चिततासहितको असर पारेको छ र विभिन्न टेक्नोलोजी बजारहरु प्रभावित भएका छन् । तर पनि टेलिकम क्षेत्रले भने अन्य आईटी बजारभन्दा राम्रो अवस्था प्राप्त गर्न सक्नेछ ।

प्रकाशित: ८ बैशाख २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...