
काठमाडौं ।
आईफोन निर्माता एप्पलले आउँदो सेप्टेम्बरमा नयाँ आईफोन लन्च गर्ने संभावनाका बिच नयाँ आईफोन कस्तो डिजाइन र स्पेशिफिकेसनसहित आउँछ भन्ने निकै चर्चा रहेको छ ।
यहि बिचमा आईफोन १२ को क्याड रेण्डर सार्वजनिक भएको छ । संभवत यो आईफोन १२ प्रो म्याक्सको रेण्डर भएको अनुमान गरिएको छ ।
नयाँ क्याड रेण्डरले एप्पलको आईफोन १२ सिरिजमा धेरै नै परिवर्तन भएको देखिन्छ । र यसमा करिब ७० प्रतिशत डिजाइन गरिसकिएको बताईएको छ । तर यसको रियर क्यामरा प्लेसमेन्ट र नोचमा अझै कामगर्न बाँकी रहेको रिपोर्टमा आएको छ ।
तर त्यसबाहेकको बिस्तृत बिबरणहरु भने सहि भएको अनुमान गरिएको छ । नयाँ आईफोन आईप्याड प्रो डिजाइनमा भएको जस्तै फ्ल्याट डिजाइनमा आउनेछ भने यो हेर्दा आईफोन ५एस जस्तै देखिनेछ ।
फोनको बेजेललाई थप पातलो पारिएको छ । यसले गर्दा डिस्प्लेको स्क्रीन साइज अझ ठूलो हुनसक्नेछ । त्यस्तै यसको बडि साइज ठूलो र फराकिलो बनाईएको छ ।
क्यामरा सेटअपमा स्क्वायर सेप हुनेछ भने क्वाड क्यामरा सेटअप राखिनेछ । यसबाहेक आईफोन १२ प्रो म्याक्समा लाईडार सेन्सर हुनेछ र त्यसलाई फरक पोजिसनमा राखिनेछ । यसका साथै आईफोनको स्पीकर ग्रील पनि केहि फरक लूकमा हुनेछ ।

यसैबिच आएको अर्को रिपोर्टअनुसार एप्पलले आफ्नो नयाँ आईफोनलाई नोभेम्बर भन्दा अगाडि लन्च नगर्ने अनुमान गरिएको छ। एप्पल कार्डको पार्टनर बैंक गोल्डम्यान साक्सले नोभेम्बर भन्दा अगाडि नयाँ आईफोन नआईने प्रक्षेपण गरेको हो ।
त्यसैगरि बैंकले आईफोन सिपमेन्ट तेस्रो त्रैमासमा ३६ प्रतिशतले घट्ने अनुमान पनि गरेको छ । जसमा आईफोनका लोयल ग्राहकहरुले सस्तो मोडल वा पुरानो मोडल किन्नसक्ने अनुमानछ । एजेन्सी
प्रकाशित: ७ बैशाख २०७७, आईतवार