लकडाउनमा बस्दा-बस्दा दिक्क लाग्यो ? त्यसोभए साथीभाईसँग मिलेर खेल्नुस यी बेस्ट मोबाइल गेम

  • Technology Khabar | १५ चैत्र २०७६, शनिबार
लकडाउनमा बस्दा-बस्दा दिक्क लाग्यो ? त्यसोभए साथीभाईसँग मिलेर खेल्नुस यी बेस्ट मोबाइल गेम

काठमाडौं ।

कोरोना महामारीको कारण विश्वभर सबै गतिबिधि ठप्प जस्तै रहेका छन् । नेपाललमा आगामी १८ गतेसम्म लकडाउनको अवस्था रहेको छ । यो लकडाउनमा मानिसहरु समय बिताउन विभिन्न किसिमका कामहरु गरिरहेका छन् ।

लकडाउनमा भएको बेला तपाईँलाई समय बिताउन हामी केहि यस्ता मोबाइल गेम्सको बारेमा बाउने छौं जसले सजिलैसँग टाइम गएको पत्तै हुँदैन् ।

हामी ती गेम्सको बारेमा जानकारी दिन्छौं जसमा मल्टिप्लेयर अप्सन रहेको छ र यसलाई अनलाइनमा आफ्ना साथीभाई मिलेर खेल्न सकिन्छ ।

प्ले स्टोरमा कयौं यस्ता गेम्सहरु छन तर यहाँ वेस्ट सर्चको आधारमा उत्कृष्ट ५ स्मार्टफोन गेम्सको बारेमा जानकारी दिँदैछौं ।

पबजी PUBG
अहिले सबैभन्दा लोकप्रिय स्मार्टफोन गेम हो प्लेयर अननोन्स ब्याटलग्राउण्डस अर्थात पबजी । यसको नाम हरेकलाई थाहा छ भन्दा फरक पर्दैन् । पबजी लन्च भएदेखि अहिलेसम्म पनि युवाहरुको लागि एउटा क्रेजी गेम हो ।Online Gameयो गेम तपाईँ आफ्ना साथीहरुसँग मिलेर अनलाइन खेल्न सक्नुहुनेछ । यसमा चार जनाको ग्रुप हुन्छ । त्यहिँ गेमको समयमा तपाईँ यस अनलाइन गेममा कुराकानी पनि गर्न सक्नुहुन्छ ।

लूडो किंग Ludo King
यो गेम तपाईँले सानोमा निकै खेल्नु भएको हुनसक्छ भने भौतिकरुपमा पनि यो गेम विश्वभर निकै लोकप्रिय रहेको छ । तपाईँले सानोमा खेल्नु भएको सोहि लूडो गेम अहिले अनलाइनमा आएको हो । यो गेमको नाम लूडो किंग हो ।

Online Game

यो गेम तपाईँ चारजना साथीहरु मिलेर खेल्न सक्नुहुन्छ । यो गेम सस्तो स्मार्टफोनहरुका साथै थोरै र्याम र स्टोरेज भएको मोबाइलमा पनि खेल्न सकिन्छ । यसको अनलाइन र अफलाई दुबै भर्सन उपलब्ध छ । यसबाहेक यसमा सर्प सिढी खेल्ने अप्सन पनि रहेको छ ।

कल अफ ड्यूटी मोबाइल Call of Duty: Mobile
पबजीपछि यो गेम निकै चर्चामा र लोकप्रिय रहेको छ । पबजीको लोकप्रियतालाई हेरेर यो अनलाइन गेमलाई मोबाइल भर्सनमा केहि समयअघि मात्रै लन्च गरिएको हो ।

Online Game

यो गेममा ५ पाँच जना खेल्न सकिने मोड पनि रहेको छ र यसलाई अधिकांशले मन पराउने गरेका छन् । यसमा अलग अलग म्याप्स र लोकेसनहरुमा पाँच जना प्लेयरहरुको टिम एक अर्का विरुद्ध खेल्ने गर्दछन् ।

एस्फाल्ट ९ Asphalt 9
यो रेसिङ्ग गेम मध्ये निकै लोकप्रिय गेम हो । यो शुरुवातमा अनलाइन गेमको रुपमा मात्र थियो भने पछि यसलाई मोबाइल भर्सनमा पनि सार्वजनिक गरिएको थियो । यदि तपाईँलाई रेसिङ्ग मन पर्छ भने यो तपाईँको लागि उत्कृष्ट मोबाइल गेम हुनेछ । Racing Gameयो गेम तपाईँ लो ग्राफिक्सदेखि हाई ग्राफिक्स भएको डिभाइसहरुमा खेल्न सक्नुहुनेछ । गेममा रेसिङ्ग ट्याक्सलाई पनि छनोट गर्न सकिने अप्सन छ ।

रुल्स अफ सर्भाइभल Rules of Survival
रुल्स अफ सर्भाइभल एउटा फ्रि मल्टिप्लेयर अनलाइन ब्याटल रोयल गेम हो । यो कम्प्यूटर र मोबाइल दुबै भर्सनमा उपलब्ध छ । यो गेम हेर्दा निकै हदसम्म पबजीसँग मिल्दोजुल्दो देखिन्छ ।

Online Battle game

यो गेम पनि तपाईँले आफ्ना साथीहरुसँग एउटा ग्रुप बनाएर अर्को ग्रुपलाई हराउने गरि खेल्न सक्नुहुनेछ ।

प्रकाशित: १५ चैत्र २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार